इटहरी ६ का वडाध्यक्ष दिवश पोख्रेलले भने – मतदाताहरूलाई निरास बनाउदिन : एक वर्ष भित्रै सार्वजनिक शौचालय…
- जेष्ठ ६, २०७९ मा प्रकाशित
इटहरी । इटहरी उपमहानगर वडा नं ६ का नव निर्वाचित वडाध्यक्ष दिवश पोख्रेलले नगरवासिले दिएको अमुल्य मतको सधै सिरोधार्य गरेर काम गर्ने बताएका छन । पहिलो पटक जनप्रनिधिको रूपमा निर्वाचित भएपछि सञ्चारकर्मिहरू संग बोल्दै पोख्रेलले यस्तो बताएका हुन । उनि शुक्रबार बिहान ७ बजे इटहरीको वडा नं ६कालागि वडाध्यक्षमा निर्वाचित भएका हुन । पोख्रेलले १३०४ मत पाउदा उनका निकटतम प्रतिस्पर्धी उमेश पौडेलले १२२९ मत प्राप्त गरे ।
लोकतान्त्रीक गठवन्धनको तर्फबाट उम्मेद्वारि दिएका पोख्रेल इटहरीको सामाजिक , ब्यवसायिक संगै ब्याक्तिगत रूपमा पनि चर्चित र लोकप्रिय ब्याक्तिको रूपमा चिनिन्छन ।
्रवडाध्यक्षमा चुनाव जितेपछि उनले मतदाताहरूलाइ निरास नबनाउने प्रतिवद्धता जाहेर गरेका छन । यो संगै पोख्रेलले कार्यकाल सम्हालेको भोलि पल्टै इटहरीमा सार्वजनिक शौचालय निर्माणकालागि उपमहानगरमा पहल गर्ने र एक वर्ष भित्रमा बोलेको कुरा पुरा गरेर देखाउने प्रतिवद्धता पनि जाहेर गरेका छन ।
इटहरीको मुख्य चौक र बजार क्षेत्र रहेको वडा नं ६ मा देखिएका समस्याहरूलाइ सामधान गर्दै नगरवासिहरूको मन जित्नेमा आफु बिस्वस्त रहेको पोख्रेल बताउछन ।
आफ्नो वडाबाट प्रदान गरिने सेवा सुविधालाइ द्रुत गतिमा अघि बढाउने देखि कार्यालय परिषरलाइ भ्रस्ट्रचारमुक्त कार्यालय बनाउने बताएका छन । पोख्रेल संगै इटहरी ६ बाट नेपाली काँग्रेसका उमेदवारहरु महिला सदस्यमा रमला तामागं दलित महिला सदस्यमा मिना रसाइली र खुल्ला सदस्यमा दिनेश प्रधान विजयी भए । खुल्ला सदस्यमा भने नेकपा एमालेका उमेदवारले विजय हासिल गरे ।
कुल ४७६३ मतदाता रहेको वडा नं ६ मा ३,०४३ मत खसेको थियो ।
सम्बन्धित खवर
-
ताजा मंसिर ११, २०८१मानव तस्करी आरोपमा पक्राउ परेका कोसीका पूर्वमन्त्री लीलावल्लभ अधिकारी रिहा
-
ताजा मंसिर ११, २०८१एनपीएलको टिकट विक्री शुरु, कुनको कति ?
-
ताजा मंसिर ११, २०८१भोजपुरको टेम्केसिद्ध महादेव मन्दिरको जीर्णद्धार गरिँदै
-
ताजा मंसिर ११, २०८१रास्वपा सभापति लामिछानेलाई आज काठमाडौं ल्याइँदै
-
ताजा मंसिर ११, २०८१“माया घर नेपालकाे ८ औं वार्षिक साधारण सभा : प्रदेश सरकारबाट पर्याप्त बजेट छुट्याइने छ – अर्थमन्त्री मगर”
Comments