•  ११ मंसिर २०८१, मंगलवार
  •  9:46:46 AM

कांग्रेस – कांग्रेसकाे लडाइले एमालेलाइ फाइदा : इटहरी ३ मा एमालेकाे प्यानलै बिजयी

- जेष्ठ ४, २०७९ मा प्रकाशित



इटहरी । स्थानीय निर्वाचन २०७४ मा भारी मतान्तरले बिजयी बनेको कांग्रेसको क्षेत्र इटहरी ३ मा यस पटक नेकपा एमालले जित हाशिल गरेको छ । कांग्रेस भित्रको आन्तरिक द्वन्दका कारण एमालेले फाइदा उठाउदै यस पटकको निर्वाचनमा जित निकाल्न सफल भएको हो ।

इटहरी उपमहानगर ३ नेपाली कांग्रेसका बालकृष्ण बिस्टले नेतृत्व गरेको क्षेत्र हो । ७४ को निर्वाचनमा विस्टले एमालेका उम्मेद्वारलाइ फराकिलो मतान्तरले हराएका थिए । यस पटकको निर्वाचनमा भने नेपाली कांग्रेसका वागी उम्मेद्वार तुला लिम्बुलाइ १०७ मतले हराउदै नेकपा एमालेका उमेस सुवेदिले जित निकालेका हुन ।

एमालेका सुवेदिले ९६८ मत प्राप्त गरेका छन भने कांग्रेसका वागि उम्मेद्वार तुला लिम्बुले ८६१ मत पाएका छन । त्यस्तै गठबन्धनको तर्फबाट टिकट पाएका नेपाली कांग्रेसका वालकृष्ण बिस्टले भने ७३६ मत प्राप्त गरेका छन ।

इटहरी ३ मा बिस्टकै कारण एमालेलाइ फाइदा पुगेको अन्तत जित समेत एमालेले निकालेको कांग्रेसकै कार्यकर्ताहरूको भनाइ छ । यस पटकको निर्वाचनमा तुला तामाङलाइ रोज्दै टिकट माग गरिएपनि बालकृष्ण आफैले लिएपछि कांग्रेसभित्रै बिद्रोह सुरू भएको थियो । फलस्वोरूप बागि उम्मेद्वारी दिएका तामाङले बिस्ट भन्दा धेरै मत त ल्याए तर पार्टिलाइ जिताउन भने सकेनन ।
यो संगै इटहरीको वडा नं ३ मा नेकपा एमालेको प्यानलै बिजयी भएको छ ।

Comments

सम्बन्धित खवर