•  १० मंसिर २०८१, सोमबार
  •  4:44:30 PM

नेकपाको विरासत एकीकृत समाजवादी बोकेको छ : माधव नेपाल

- बैशाख १६, २०७९ मा प्रकाशित



काठमाडौं: नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले २००६ सालमा स्थापना भएको नेपाल कम्युनिष्ट पार्टीको विरासत आफ्नो पार्टीले बोकेको दाबी गरेका छन् । 

पार्टी कार्यालयमा शुक्रबार आयोजित कार्यक्रममा उनले नेकपाको विरासत एकीकृत समाजवादीले बोकेको दाबी गरेका हुन् । एमाले बिग्रिएपछि एकीकृत समाजवादी जन्मिएको र यसैले नेकपाको विरासत बोकेको अध्यक्ष नेपालको भनाइ छ । 

कम्युनिष्ट आन्दोलनको रक्षा गर्न एकीकृत समाजवादी जन्मिएको बताउँदै उनले कम्युनिष्ट सिद्धान्तको रक्षा गर्न, आन्दोलनलाई जोगाउन र क्रान्तिकारी भावनालाई जोगाउन एकीकृत समाजवादी पार्टी गठन गरिएको जिकीर गरे । 

३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा एकीकृत समाजवादीबाट ३५ जना जनप्रतिनिधि निर्विरोध निर्वाचित भइसकेको अध्यक्ष नेपालको दाबी छ । -न्युज कारखाना

Comments

सम्बन्धित खवर