चुनावी प्रतिस्पर्धाको संस्कृतिबारे बहस गर्दै सांस्कृतिक संघ
- बैशाख १६, २०७९ मा प्रकाशित
काठमाडौं: नेपाली कांग्रेसको भातृ संगठन नेपाल सांस्कृतिक संघले ‘चुनावी प्रतिस्पर्धामा कस्तो संस्कृति’ विषयक विचार गोष्ठी आयोजना गर्दै छ ।
गोष्ठी आज अपराह्न ३ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा हुनेछ । गोष्ठीलाई महामन्त्री विश्वप्रकाश शर्मा र युवा नेता गुरुराज घिमिरेले सम्बोधन गर्नेछन् ।
स्थानीय तह निर्वाचनको संघारमा संघले चुनावी प्रतिस्पर्धाको संस्कृतिबारे बहस गर्न लागेको हो ।
संघका महामन्त्री शिवशंकर प्रसाद रिजालले गोष्ठीमै संघले तयार गरेको चुनावी गीत र प्रचारप्रसारको श्रब्यदृश्य सामग्रीसमेत सार्वजनिक गरिने जानकारी दिए । -न्युज कारखाना
सम्बन्धित खवर
-
ताजा मंसिर १०, २०८१इनरुवामा विवाह पञ्चमीमा सीताराम रथयात्रा निकालिने
-
ताजा मंसिर १०, २०८१लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि
-
ताजा मंसिर १०, २०८१चीन भ्रमणबारे छलफल गर्न ओलीले पूर्वप्रधानमन्त्रीहरूलाई बोलाए सिंहदरबार, बाबुराम नजाने
-
ताजा मंसिर १०, २०८१उपनिर्वाचन प्रचारमा तोकिएको भन्दा बढी सवारी साधन प्रयोग गरे कारवाही
-
ताजा मंसिर १०, २०८१नेपालमा अब सुनचाँदीकाे मुल्य घटदै जाने
Comments