•  ७ मंसिर २०८१, शुक्रबार
  •  2:58:31 PM

सांघाइमा कोभिडबाट एकै दिन ३९ जनाको मृत्यु

- बैशाख १२, २०७९ मा प्रकाशित



सांघाइ: चीनको सांघाइमा कोभिडबाट आइतबार एकै दिन ३९ जनाको मृत्यु भएको छ । योसँगै सांघाइमा कोभिडबाट मृत्यु हुनेको संख्या ८७ पुगेको त्यहाँको नेसनल हेल्थ कमिसनले जनाएको छ । आइतबार कोभिडका २२ हजार नयाँ संक्रमित भेटिएका थिए । 

साढे दुई करोड जनसंख्या भएको सांघाइ पछिल्लो समय कोभिड संक्रमणको चपेटामा परेको छ । देशको बृद्ध र खोप नलागाएको ठूलो जनसंख्यामा कोभिडको जोखिम रहेको स्वास्थ्य अधिकारीहरूले चेतावनी दिएका छन् । कोभिडबाट मृत्यु हुने अधिकांश बृद्धबृद्धा रहेको सरकारले दाबी गरेको छ । 

सरकारले कोभिडबाट मृत्यु हुनेमा खोप नलगाएका र दीर्ध रोगी भएको बताए पनि पछिल्लो पटक मृत्यु भएकामध्ये पाँच जनाले खोप लगाएको प्राप्त विवरणहरूमा जनाइएको छ ।  

संक्रमितहरूको मृत्यु बढेसँगै चीनमा निर्मित खोपको प्रभावकारीताबारे केहीले प्रश्न उठाउन थालेका छन् । यसैबीच, राजधानी बेइजिङमा २२ नयाँ संक्रमित भेटिएका छन् । -एजेन्सी

Comments

सम्बन्धित खवर