•  १० मंसिर २०८१, सोमबार
  •  11:00:11 AM

काठमाडौं मेयरमा उठ्न प्रदेश सांसदबाट स्थापितले दिए राजीनामा

- बैशाख ११, २०७९ मा प्रकाशित



काठमाडौं: बागमती प्रदेशका एमाले सांसद केशव स्थापितले पदबाट राजीनामा दिएका छन् । प्रदेश राजधानी हेटौंडा पुगेर उनले आइतबार पदबाट राजीनामा दिएका हुन् । 

राजीनामा पत्र उनले प्रदेश सभामुख सानुकुमार श्रेष्ठलाई बुझाए ।  राजीनामापछि अब काठमाडौं महानगरपालिकाको प्रमुख (मेयर) पदमा मनोनयन दर्ता गरिने स्थापितले बताए ।

प्रदेशको पूर्वभौतिक पूर्वाधारमन्त्रीसमेत रहेका उनी काठमाडौं महानगरपालिकाको दोस्रोपटक मेयरमा उम्मेदवारी दिन लागेका हुन् । -न्युज कारखाना

Comments

सम्बन्धित खवर