महानगर र उपमहानगरको उम्मेदवार टुङ्गो लगाउँदै एमाले
- बैशाख १०, २०७९ मा प्रकाशित
काठमाडौं: नेकपा एमालेले महानगरपालिका र उपमहानगरपालिकाको प्रमुख र उपप्रमुख पदका उम्मेदवारहरूको टुङ्गो आज लगाउँदै छ । भोलि मनोनयन दर्ताको समय भएकाले आजै उम्मेदवारहरूको टुङ्गो लगाउने भएको हो ।
एमालेलाई ललितपुर, भरतपुर र वीरगंजको प्रमुख पदका उम्मेदवार टुङ्गो लगाउन सहज छ । किनभने यी तीन महानगरपालिकाको प्रमुख पदमा एक/एक जना उम्मेदवार सिफारिस भएका छन् ।
ललितपुरबाट हरिकृष्ण ब्यञ्जनकार, भरतपुरबाट विजय सुवेदी र वीरगंजबाट विजय सरावगीको नाम सिफारिस भएको हो ।
उपप्रमुख पदका उम्मेदवारहरूको नाम सिफारिस नभएका कारण ती महानगरपालिकाको प्रमुख र उपप्रमुख पदका उम्मेदवारको टुङ्गो लाग्न बाँकी रहेको पार्टी प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले बताएका छन् ।
अरु तीन महानगरपालिका काठमाडौं, पोखरा र विराटनगरबाट भने प्रमुख र उपप्रमुख पदमा धेरैको नाम सिफारिस भइसकेको छ । सिफारिसको अध्ययन र छानबिन गरेर पार्टी केन्द्रले प्रमुख र उपप्रमुख पदका उम्मेदवारको टुङ्गो लगाउने भएको छ ।
उम्मेदवार टुङ्गो लगाउन सहज पुग्नेगरी यसअघि नै एमालेले मापदण्ड बनाएको छ । सोहीअनुसार उम्मेदवार छनोट हुने गुरुङको भनाइ छ । यस्तै, ११ वटा उपमहानगरपालिकाको प्रमुख÷उपप्रमुख पदका उम्मेदवारहरूको पनि नाम सिफारिस भइसकेको छ । -न्युज कारखाना
सम्बन्धित खवर
-
ताजा मंसिर १०, २०८१इनरुवामा विवाह पञ्चमीमा सीताराम रथयात्रा निकालिने
-
ताजा मंसिर १०, २०८१लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि
-
ताजा मंसिर १०, २०८१चीन भ्रमणबारे छलफल गर्न ओलीले पूर्वप्रधानमन्त्रीहरूलाई बोलाए सिंहदरबार, बाबुराम नजाने
-
ताजा मंसिर १०, २०८१उपनिर्वाचन प्रचारमा तोकिएको भन्दा बढी सवारी साधन प्रयोग गरे कारवाही
-
ताजा मंसिर १०, २०८१नेपालमा अब सुनचाँदीकाे मुल्य घटदै जाने
Comments