निर्वाचनकाे २१ दिन बाँकी : ५३ जिल्लाका लागि १ करोड १९ लाख मतपत्र छापियो
- बैशाख ९, २०७९ मा प्रकाशित
काठमाडौं: आगामी ३० वैशाखमा तय भएकाे स्थानीय तहको निर्वाचनका लागि २४ जिल्लाको मतपत्र छापिन मात्रै बाँकी छ ।
निर्वाचन आयोगका अनुसार ५३ जिल्लाका लागि मतपत्र छपाई सकेर मुगु, बाजुर, अछाम, जाजरकोट, ताप्लेजुङ, सोलुखम्बु र काठमाडौंमा निर्वाचन सामाग्रीसमेत पठाइसकिएको छ ।
‘वैशाख ८ गतेसम्म ५३ जिल्लाका लागि १ करोड १९ लाख मतपत्र छपाइको काम सकिएको छ, बाँकी २४ जिल्लाका मतपत्र छपाइको काम सुरु गरिँदैछ,’ आयाेगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले भने । उनका अनुसार ४४ वटा राष्ट्रिय संस्थाका १० हजारभन्दा बढी पर्यवेक्षकले स्थानीय तह निर्वाचनको पर्यवेक्षण गर्दैछन् । -न्युज कारखाना
सम्बन्धित खवर
-
ताजा मंसिर १०, २०८१इनरुवामा विवाह पञ्चमीमा सीताराम रथयात्रा निकालिने
-
ताजा मंसिर १०, २०८१लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि
-
ताजा मंसिर १०, २०८१चीन भ्रमणबारे छलफल गर्न ओलीले पूर्वप्रधानमन्त्रीहरूलाई बोलाए सिंहदरबार, बाबुराम नजाने
-
ताजा मंसिर १०, २०८१उपनिर्वाचन प्रचारमा तोकिएको भन्दा बढी सवारी साधन प्रयोग गरे कारवाही
-
ताजा मंसिर १०, २०८१नेपालमा अब सुनचाँदीकाे मुल्य घटदै जाने
Comments