मेषलाई रोजगारीमा सफलता मिल्ने, वृषलाई धनलाभ
- बैशाख ९, २०७९ मा प्रकाशित
काठमाडाैं: ९ वैशाख २०७८ शुक्रबार । तद्नुसार २२ अप्रिल २०२२ । वैशाख कृष्णपक्ष षष्ठी तिथि, बणिज करण, पूर्वषाढा नक्षत्र शिव योग र चन्द्रमा धनु राशिमा छ ।
आज बिहान ५ः३२ मा सूर्योदय भएकाे छ भने ६ः३३ बजे सूर्यास्त हुनेछ । आजको देवता मित्र र ग्रहदेव बुध हुन् ।
आज बिहान १०ः२५ देखि १२ः०३ सम्म राहुकाल छ । यो समयमा शुभ कार्य नगर्न हुन अनुरोध छ । त्यसैगरी ११ः३७ देखि १२ः२८ सम्मको समयमा अभिजित मुहूर्त रहेको छ । हरेक दिन अभिजित मुहूर्तमा गर्दा शुभ हुनेछ । शुक्रबार मनोरन्जनात्मक र खेलकुदका कार्यमा समय खर्च गर्न सकिन्छ । साथै शुक्रबार सौन्दर्यता र बिलासिताको सामान खरिद गर्न सकिन्छ।
मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) : मेष राशिका जातकका लागि आज रोजगारीको क्षेत्रमा तपाईलाई नयाँ सफलता प्राप्त हुनेछ । आज नजिकको शिवालयको यात्रा गर्दा मनमा खसियाली छाउने छ । आजको दिन कुनै तीर्थस्थलीको यात्रा गरेर काम गर्दा तपाईलाई सफलता मिल्नेछ ।
वृष (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो) : व्यापारबाट प्राप्त हुने धनलाभले अत्यन्त खुसियाली मिल्नेछ । आजको दिन तपाईभित्र सकारात्मक सोच हुन जरुरी छ । सकारात्मक सोचले मात्र तपाईले आफ्नो दैनिक काम गर्दा मनमा खुसी छाउनसक्छ ।
मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह) : आजको दिन परिवार र आफन्तजनहरुले तपाईमाथि अनेक आरोप लगाउन सक्नेछन् । तपाईभित्र मनमा पनि निराशा उत्पन्न हुनेछ । त्यसैले आज सकारात्मक सोच मात्र राखेर काम गर्नुभयो भने तपाईको मनमा हर्षित हुनु पर्ने हुन्छ ।
कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो) : आजको दिन तपाईको शुभ छ । त्यसैले आजको दिन तपाईको आर्थिक र सामाजिक समस्या समाधान हुनेछ । कर्कट राशिका जातकले कसैसँग विवाद र झगडा नगर्नुहोला, कसैसँग विवाद भयो भने तपाई र तपाइँसग विवाद गर्ने दुवै व्यक्तिको हानी हुनसक्छ । सामाजिक सेवाको क्षेत्रमा काम गर्नुहोला।
सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे) : आज परिवार र मित्रमण्डलीबाट साथ सहयोग प्राप्त हुनेछ । यात्रा गर्नुभन्दा पहिले राहुकाल छलेर मात्र यात्रा गर्नुहोला । परिवारका सदस्यहरुले तपाईलाई अनावश्यक आरोप समेत लगाउनसक्नेछ । आजको दिन सिंह राशिका जातकले कम बोल्नु, मौन रहनु नैं बुद्धिमानी हुनेछ । कसैलाई हानी हुने काम नगर्नुहोला ।
कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो) : कन्या राशिका जातका लागि आजको दिन मित्र र आफन्तसँग सम्बन्ध विग्रन सक्छ । स्वास्थ्यमा प्रतिकुल असर पर्ने देखिन्छ । अध्ययन अध्यापनबाट सफलता हात लाग्नेछ । शिबालय यात्रा गरेर कुमारी कन्या र बृद्ध माताहरुलाई खानेकुरा उपहार दिनुहोला । शिवालय र देवालयको यात्राले मनमा शान्ति प्राप्त हुनेछ ।
तुला( रा.री.रु.रे.रो.ता.ती.तु.ते) : आजको दिन शुरु गरेको काम सफल हुनेछ । तपाईको कार्यमूलक यात्रा हुनेछ । कुनै कामको शुरुवात गर्नुभएको छ भने त्यो कामको सम्पादन पूरा गर्नका लागि मेहनतपूर्वक लाग्नुहोला । आर्थिक कारोबार गर्दा अलि ध्यान दिनुहोला । शुक्रबार गरिएको कारोबार छिटो प्राप्त नहुनसक्छ । आजको दिन कसैसँग ऋण लिने काम नगर्दा राम्रो हुनेछ ।
वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु) : वृश्चिक राशिका जातकका लागि आज कार्यायोजनाअनुसार काम गर्नुभयो भने सफलता मिल्नेछ । शिवालयमा गएर जल अर्पण गर्नुभयो सोचे अनुसार काम बन्नेछ । अध्यात्मिक सेवामा केही समय दिनुभयो भने तपाईको कार्यमा सफलता मिल्नेछ । कसैसँग पनि विवाद हुने काम र कुरा नगर्नुहोला । आजको दिन सूर्योदयको दर्शन गर्नुहोला ।
धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे) : धनु राशि भएका जातकका लागि आजको दिन राम्रो छ । तपाईको सोचअनुसारको काम हुनेछ । सन्तानबाट सुख र स्त्रीजातिको साथ सहयोगले तपाईले राम्रो काम गर्नुहुनेछ । यात्रामा सफलता मिल्नेछ । यात्रा गर्दा प्रयोजनमूलक यात्रा मात्र गर्नुहोला । सामुहिक यात्राले तपाईहरुको लागि मनोरञ्जन दिनेछ । चन्द्रमाको साथ रहेको छ । आजको दिन सूर्योदयको दर्शन गर्नु उत्तम हुनेछ ।
मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी) : आजको दिन मान सम्मान मिल्ने योग छ । तपाईलाई आफन्तजनको सहयोगले मनमा खुसी प्राप्त हुनेछ । आजको दिन देवी मन्दिरको दर्शन गर्नाले मनमा प्रसन्नता छाउनेछ । अर्थलाभका कामबाट मानमा हर्ष छाउने छ । व्यापार ब्यबसायबाट सफलता प्राप्त हुनेछ । छोटो दुरीको यात्रा गर्दा फलदायी हुनेछ ।
कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द) : कुम्भ राशिका जातकका लागि आजको दिन सोचअनुसारको काम हुनेछ । शत्रुमाथि विजयप्राप्ति हुनेछ । सामाजिक सेवा गर्दा मानसम्मान मिल्नेछ । आजको दिन घर नजिकको शिवालय दर्शन गर्नुभयो भने तपाईमा थप शक्ति मिल्नेछ । आज कसैससँग अनावश्यक विवाद नगर्नुहोला । आजको दिन गरेका कामहरु सफल हुनेछन् ।
मीन(दी.दु.थ.झ.ञ.दे.दो.च.ची) : सूर्योदयको दर्शन गरेर मात्र आजको दिनको शुरुवात गर्नुहोला । सकारात्मक सोच र अध्ययन अध्यापनमा मन लगाउनु होला । मीन राशिका जातकका लागि अध्यापन, लेखनमा रुचि बढ्नेछ । व्यापार ब्यबसायमा हुनुहुन्छ भने केही हानी हुनसक्नेछ । सामाजिक सेवाको काममा समय दिनु भए राम्रो हुनेछ । आजको दिन यात्राको लागि शुभ मानिन्छ । -न्युज कारखाना
सम्बन्धित खवर
-
ताजा मंसिर १०, २०८१इनरुवामा विवाह पञ्चमीमा सीताराम रथयात्रा निकालिने
-
ताजा मंसिर १०, २०८१लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि
-
ताजा मंसिर १०, २०८१चीन भ्रमणबारे छलफल गर्न ओलीले पूर्वप्रधानमन्त्रीहरूलाई बोलाए सिंहदरबार, बाबुराम नजाने
-
ताजा मंसिर १०, २०८१उपनिर्वाचन प्रचारमा तोकिएको भन्दा बढी सवारी साधन प्रयोग गरे कारवाही
-
ताजा मंसिर १०, २०८१नेपालमा अब सुनचाँदीकाे मुल्य घटदै जाने
Comments