रुसी अधिकारी भन्छन्–मस्कोका यी कार्य पूरा भएपछि युक्रेन युद्ध रोकिन्छ
- बैशाख ८, २०७९ मा प्रकाशित
किभ: अमेरिकी नेतृत्वको नेटो सेनाले रुसलाई धम्क्याउन युक्रेनी भूमिको प्रयोग रोके मस्कोले युक्रेनमाथिको सैन्य कारबाही रोक्ने एक वरिष्ठ रुसी अधिकारीले बताएका छन् । रुसी विदेश मन्त्रालयलका वरिष्ठ अधिकारी अलेक्सी पोलिसचुकले रुसी सञ्चार माध्यम ताससँगकाे कुराकानीमा साे विचार व्यक्त गरेका हुन् ।
‘आफ्ना कार्यहरू पूरा भएपछि विशेष सैन्य कारबाही समाप्त हुनेछ । दोनबासको जनसंख्याको संरक्षण, युक्रेनको निशस्त्रीकरण र नेटो देशहरूले कब्जा गरेको युक्रेनी भूभागबाट रुसलाई आउने खतराको अन्त्य ती कार्य हुन् ’, उनले भने ।
नेटोले युक्रेनी भूभागबाट रुसलाई कसरी धम्क्याएको छ भन्ने बारेमा उनले कुनै विवरण दिएनन् । युक्रेनमाथिको कारबाही योजनबद्ध ढंगले अगाडि बढेको र ‘उसले आफ्ना सम्पूर्ण योजना पूरा गर्ने’ उनले बताए । -एजेन्सी
सम्बन्धित खवर
-
ताजा मंसिर ९, २०८१रवि लामिछानेलाई म्याद थपकालागि अदालत उपस्थित गराइँदै
-
ताजा मंसिर ९, २०८१पूर्व राज्यमन्त्री पदम राईको निधन
-
ताजा मंसिर ९, २०८१दुर्गा प्रसाईंको बी एन्ड सी मेडिकल कलेजमा एमबीबीएस पढाउने तयारी
-
ताजा मंसिर ९, २०८१कालीगण्डकी करिडोरले जोड्दै मुक्तिनाथ र लुम्बिनी
-
ताजा मंसिर ९, २०८१धरहरा चढ्न आजदेखि शुल्क, फोटो खिच्दा पनि पैसा
Comments