•  १० मंसिर २०८१, सोमबार
  •  4:17:12 AM

गृहमन्त्रीले दिए ललितपुरको सगरमाथा अक्सिजन प्लान्ट विस्फोटबारे छानबिन गर्न निर्देशन

- बैशाख ८, २०७९ मा प्रकाशित



काठमाडौं: गृहमन्त्री बालकृष्ण खाणले ललितपुरको सगरमाथा अक्सिजन प्लान्टमा आज भएको विस्फोटको घटनाको छानबिन गर्न निर्देशन दिएका छन् । 

गृहसचिव टेकनारायण पाण्डे, ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्याय, महानगरीय प्रहरी परिसर ललितपुरका एसएसपी यज्ञविनोद पोखरेल र ललितपुरका सशस्त्र प्रहरी प्रमुख विकास घिमिरेलाई टेलिफोनमार्फत घटनाको छानबिन गर्न निर्देशन दिएका हुन् ।

घाइतेहरूको तत्काल उपचारको व्यबस्था मिलाउन पनि गृहमन्त्री खाणको निर्देशन छ ।

आज विहान किरव १० बजेतिर भएको विस्फोटमा परी एक जनाको मृत्यु भएको थियो भने ७ जना घाइते भएका थिए । -न्युज कारखाना 

Comments

सम्बन्धित खवर