रुसी हमलाको ५० औँ दिनः पूर्वीयुक्रेनमा आक्रमण जारी
- बैशाख १, २०७९ मा प्रकाशित
किभ: रुसी हमलाको ५० औं दिन रुसी सेनाले खार्किभ, दोनेत्स्क र जापोरिज्जिया क्षेत्र र नागरिक पूर्वाधारमा व्यवस्थित मिसाइल र बम आक्रमण जारी राखेको युक्रेनी सेनाले जनाएको छ । रुसी सेनाले युक्रेनको पूर्वी सिमाना नजिक आर्टिलरी इकाइ सशक्त बनाएको छ ।
उत्तरपूर्वी युक्रेनको स्लोबोजान्स्कीमा रूसी सेनाले आक्रमण गर्न सम्भावित ठाउँहरूको खोजी गरिरहेको छ । उनीहरूले खार्किभ सहरलाई आंशिक रूपमा अवरुद्ध गर्न खोजिरहेका छन् । खार्किकभमा अहिले पनि गोलाबारी जारी छ ।
पूर्वी युक्रेनको दोनेत्स्कमा रुसी सेनाले स्लाभ्यान्स्क, पोपस्ना र कुराखोभो जिल्लाहरूमा युद्ध गरेका थिए । त्यस्तै, बन्दरगाह सहर मारिउपोलमा रुसी सेनाले असफल आक्रमण गरेका थिए ।
यसैबीच मारिओपोलमा सयौँ युक्रेनी सेनाले आत्मसमर्पण गरेको रुसी रक्षा मन्त्रालयले दाबी गरेको छ । -एजेन्सी
सम्बन्धित खवर
-
ताजा मंसिर ९, २०८१इटहरीकाे बालग्राममा म्याजीककाे ठक्करबाट श्रीमान श्रीमतीकाे मृत्यु
-
ताजा मंसिर ९, २०८१रवि लामिछानेलाई म्याद थपकालागि अदालत उपस्थित गराइँदै
-
ताजा मंसिर ९, २०८१पूर्व राज्यमन्त्री पदम राईको निधन
-
ताजा मंसिर ९, २०८१दुर्गा प्रसाईंको बी एन्ड सी मेडिकल कलेजमा एमबीबीएस पढाउने तयारी
-
ताजा मंसिर ९, २०८१कालीगण्डकी करिडोरले जोड्दै मुक्तिनाथ र लुम्बिनी
Comments