•  ९ मंसिर २०८१, आईतवार
  •  4:58:08 PM

युक्रेनको हमलामा रुसी मिसाइल क्रुजरमा आगो

- बैशाख १, २०७९ मा प्रकाशित



किभ: युक्रेनको हमलामा रुसी युद्धपोत क्षतिग्रस्त भएको अनुमान गरिएको छ । हमलापछि निस्केको आगोका कारण रुसी मोस्कभा मिसाइल क्रुजर नराम्रोसँग क्षतिग्रस्त भएको हो ।  आगो लाग्नुअघि सो क्रुजरमा ठूलो विस्फोट भएको रुसी रक्षा मन्त्रालयले जनाएको छ । युक्रेनले यसअघि युद्धपोतलाई युक्रेनमा निर्मित नेप्च्युन मिसाइलले प्रहार गरेको दाबी गरेको थियो ।

युक्रेनी राष्ट्रपतिका सहयोगी ओलेक्सी अरेस्तोभिचले रुसी उद्धारकर्ताहरू क्रुजरमा पुग्न असफल भएको बताएका छन् । क्रुजरमा ५१० जना चालक दलका सदस्यहरू रहेको हुनसक्ने अनुमान गरिएको छ । 

“स्नेक टापुमा हाम्रा सीमा गार्डहरूले पठाएको स्थानमा क्षेप्यास्त्र क्रुजर मोस्कभा पठाइएको पुष्टि भएको छ‘, ओडेसा क्षेत्रीय गभर्नर म्याक्सिम मार्चेन्कोले आफ्नो टेलिग्राम पोस्टमा लेखेका छन् । 

उनले २४ फेब्रुवरीमा अरीमा रुसी आक्रमणको पहिलो दिन भएको घटनाबारे सन्र्दभ उल्लेख गरेका छन् । -एजेन्सी

Comments

सम्बन्धित खवर