१४ किलो अवैध लागूऔषध गाँजासहित १ जना पक्राउ
- चैत्र २९, २०७८ मा प्रकाशित
इटहरीः मोरङको विराटनगरस्थित रानी जोगबनी नेपाल भारत सीमा क्षेत्रबाट प्रहरीले अवैध लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा जहदा गाउँपालिका वडा नं.–१ लंकाटोल बस्ने ३२ वर्षीय मुन्ना मलाहा रहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) नवीनराज राईका अनुसार चैत २६ गते अपराहन्त्न १ः३० बजे भारततर्फ १४ किलोग्राम गाँजा लाँदै गरेको अवस्थामा अस्थायी प्रहरी चौकी भेडियारीबाट खटिएको प्रहरी मलाहालाई पक्राउ गरेको हो ।
पक्राउ परेका आरोपित व्यक्ति मलाहालाई मोरङ जिल्ला अदालतबाट पाँच दिनको म्याद लिई इलाका प्रहरी कार्यालय रानीबाट लागूऔषध कसुरमा अनुसन्धान अगाडि बढाएको प्रहरीले जनाएको छ ।
सम्बन्धित खवर
-
ताजा मंसिर ९, २०८१माया घरको आठौँ वार्षिक साधारणसभाकाे तयारी सकीयाे : काेशीका अर्थमन्त्री मगरले उद्घाटन गर्ने, “एक इट्टा अभियान”लाई थप प्रभावकारी बनाइने
-
ताजा मंसिर ९, २०८१इटहरीकाे बालग्राममा म्याजीककाे ठक्करबाट श्रीमान श्रीमतीकाे मृत्यु
-
ताजा मंसिर ९, २०८१रवि लामिछानेलाई म्याद थपकालागि अदालत उपस्थित गराइँदै
-
ताजा मंसिर ९, २०८१पूर्व राज्यमन्त्री पदम राईको निधन
-
ताजा मंसिर ९, २०८१दुर्गा प्रसाईंको बी एन्ड सी मेडिकल कलेजमा एमबीबीएस पढाउने तयारी
Comments