आफूलाई सत्ताच्युत गरे विपक्षीको सरकारलाई मान्यता दिन्नः प्रधानमन्त्री खान
- चैत्र २६, २०७८ मा प्रकाशित
इस्लामावाद: पाकिस्तानका प्रधानमन्त्री इमरान खानले आफूलाई सत्ताच्युत गरे विपक्षीको सरकारलाई मान्यता नदिने चेतावनी दिएका छन् । प्रधानमन्त्री खानविरुद्ध संसदमा दायर भएको अविश्वासको प्रस्तावमाथि मतदान हुनु केही समयअघि खानको यस्तो चेतावनी आएको हो ।
प्रधानमन्त्री खानले सर्वोच्च अदालतको फैसला स्वीकार गर्ने बताएका छन् । यसअघि शुक्रबार सर्वोच्च अदालतले प्रधानमन्त्रीको सिफारिसमा राष्टपतिले गरेको संसद विघटनलाई बदर गरिदिएको थियो ।
सर्वोच्चले संसद पुनस्र्थापना गर्दै संसदमा प्रधानमन्त्रीविरुद्ध पेस भएको अविस्वासको प्रस्तावमा मतदान पक्रिया अगाडि बढाउनसमेत आदेश दिएको थियो । -एजेन्सी
सम्बन्धित खवर
-
ताजा मंसिर ९, २०८१रवि लामिछानेलाई म्याद थपकालागि अदालत उपस्थित गराइँदै
-
ताजा मंसिर ९, २०८१पूर्व राज्यमन्त्री पदम राईको निधन
-
ताजा मंसिर ९, २०८१दुर्गा प्रसाईंको बी एन्ड सी मेडिकल कलेजमा एमबीबीएस पढाउने तयारी
-
ताजा मंसिर ९, २०८१कालीगण्डकी करिडोरले जोड्दै मुक्तिनाथ र लुम्बिनी
-
ताजा मंसिर ९, २०८१धरहरा चढ्न आजदेखि शुल्क, फोटो खिच्दा पनि पैसा
Comments