नोभे वैदेशिक रोजगार सुरक्षित टोल घाेषणा
- चैत्र २४, २०७८ मा प्रकाशित
खोटाङ: दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलको नोभे (दिक्तेलबारी) टोललाई वैदेशिक रोजगार सुरक्षित टोल घोषणा गरिएको छ । वैदेशिक रोजगारमा संलग्न व्यक्ति तथा परिवार आर्थिक र सामाजिक हिसाबले सुरक्षित रहेको सुनिश्चिता भएपछि बिहीबार नोभे (दिक्तेलबारी) टोललाई वैदेशिक रोजगार सुरक्षित टोल घोषणा गरिएको हो । नोभे (दिक्तेलबारी)का ३३ घरमध्ये १३ घरबाट वैदेशिक रोजगारीमा गएका छन् ।
वैदेशिक रोजगारलाई सुरक्षित, भरपर्दो र उलपब्धिमुलक बनाउने विधिका विषयमा पर्याप्त सूचना पाएको, विदेश गएका आफन्तको सम्पूर्ण कागजातको फोटोकपी घरमा राखेको, सीप र तालिम लिएर मात्र विदेश गएको, वित्तीय साक्षरता कक्षा पाएको, विदेशबाट भित्रिएको रेमिट्यान्सको सदुपयोग भएको लगायतका मापदण्ड पूरा भएपछि टोललाई वैदेशिक रोजगार सुरक्षित घोषणा गरिएको हो ।
हेल्भिटास नेपालको प्राविधिक सहयोगमा बाल सेवा समाज नेपालद्धारा सञ्चालित सुरक्षित आप्रवासन परियोजना (सामी)को सहजिकरण र वैदेशिक रोजगार सरोकार समाजको सक्रियतामा वैदेशिक रोजगार सुरक्षित टोल घोषणा अभियान सफल भएको हो ।
वैदेशिक रोजगारमा संलग्न व्यक्ति तथा परिवारले सुरक्षित तरिकाले विदेश जाने प्रकृयादेखि वैधानिक मेनपावरबाट मात्र विदेश जाने, मेनपावर वा एजेन्टलाई बुझाएको रकमको भरपाई वा अन्य प्रमाण लिने, सरकारले खुला नगरेका देशमा मात्र जाने, विदेश जाँदाका प्रयोग भएका कागजपत्रको प्रतिलिपि घरमा छाड्ने, विदेशमा करार अवधिभन्दा बढी बस्न नहुने, समस्या परेकोबेला सहयोग गर्ने निकायका बारेमा जानकारी राख्ने लगायत जानकारी पाएको आधारमा वैदेशिक रोजगार सुरक्षित घोषणा गरिएको सामीका कार्यक्रम संयोजक सन्तोष राईले बताए ।
वैदेशिक रोजगार सुरक्षित टोल अभियानका क्रममा १४ घरलाई वित्तीय साक्षरता कक्षा सञ्चालन गरिएको, विदेशमा समस्यामा परेका एक जनालाई सहयोग गरिएको जनाइएको छ ।
दिक्तेलका वडाध्यक्ष टंकप्रसाद आचार्यको उपस्थितिमा नोभे (दिक्तेलबारी) टोललाई वैदेशिक रोजगार सुरक्षित टोल घोषणा गरिएको हो । आफ्नो टोल वैदेशिक रोजगार सुरक्षित टोल घोषणासँगै अन्य टोलका आप्रवासीलाई वैदेशिक रोजगार सुरक्षित बनाउने विषयमा जानकारी दिने नोभे (दिक्तेलबारी) वित्तीय साक्षरता समुहकी मुना आचार्यले बताइन् ।
पाँच वर्षअघि केपिलासगढी गाउँपालिका–४ बाक्सिलाको अधिकारी टोल र तीन वर्षअघि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेको बस्नेत गाउँलाई वैदेशिक रोजगार सुरक्षित टोल घोषणा गरिएको थियो । -न्युज कारखाना
सम्बन्धित खवर
-
ताजा मंसिर ९, २०८१माया घरको आठौँ वार्षिक साधारणसभाकाे तयारी सकीयाे : काेशीका अर्थमन्त्री मगरले उद्घाटन गर्ने, “एक इट्टा अभियान”लाई थप प्रभावकारी बनाइने
-
ताजा मंसिर ९, २०८१इटहरीकाे बालग्राममा म्याजीककाे ठक्करबाट श्रीमान श्रीमतीकाे मृत्यु
-
ताजा मंसिर ९, २०८१रवि लामिछानेलाई म्याद थपकालागि अदालत उपस्थित गराइँदै
-
ताजा मंसिर ९, २०८१पूर्व राज्यमन्त्री पदम राईको निधन
-
ताजा मंसिर ९, २०८१दुर्गा प्रसाईंको बी एन्ड सी मेडिकल कलेजमा एमबीबीएस पढाउने तयारी
Comments