ग्रामीण उद्यम विकास आयोजनाले माग्यो ३९ नायब प्राविधिक सहायक
- चैत्र २३, २०७८ मा प्रकाशित
काठमाडाैं: कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतको ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजनाले ३९ जना कर्मचारी करारमा भर्ना गर्ने भएको छ ।
राजपत्र अनंकित द्वीतिय श्रेणी सरह नायव प्राविधिक सहायक (कृषि, पशुपन्छी/मत्स्य) मा ३९ जना कर्मचारीका लागि बुधबार दरखास्त आह्वान भएको छ ।
आयोजनाले नायब प्राविधिक सहायक (कृषितर्फ) २६ र पशुपन्छी/मत्स्यतर्फ १३ जना मागेको छ ।
१३ वैशाखसम्म नियमित र २० वैशाखसम्म दोब्बर शुल्क तिरेर दरखास्त दिन सकिनेछ । योग्यता भने लोकसेवा आयोगले सम्बन्धित पदका लागि निर्धारण गरेबमोजिम हुनेछ ।
आयोजना निर्देशकको कार्यालय हरिहरभवन वा आर्थिक करिडोर कार्यालय (पाख्रिबास, धनकुटा, बर्दिबास, बुटवल र डडेल्धुरामा दरखास्त पेश गर्न सकिने छ । -न्युज कारखाना
सम्बन्धित खवर
-
ताजा मंसिर ९, २०८१इटहरीकाे बालग्राममा म्याजीककाे ठक्करबाट श्रीमान श्रीमतीकाे मृत्यु
-
ताजा मंसिर ९, २०८१रवि लामिछानेलाई म्याद थपकालागि अदालत उपस्थित गराइँदै
-
ताजा मंसिर ९, २०८१पूर्व राज्यमन्त्री पदम राईको निधन
-
ताजा मंसिर ९, २०८१दुर्गा प्रसाईंको बी एन्ड सी मेडिकल कलेजमा एमबीबीएस पढाउने तयारी
-
ताजा मंसिर ९, २०८१कालीगण्डकी करिडोरले जोड्दै मुक्तिनाथ र लुम्बिनी
Comments