रुस पूर्वी युक्रेनमा दशौँ हजार सेना परिचालनको योजनामा छःअमेरिका
- चैत्र २२, २०७८ मा प्रकाशित
किभ: रुसले पूर्वीयुक्रेनमा दशौँ हजार सेना परिचालनको योजना गरेको अमेरिकाले बताएको छ । रुसी सेनाले आफ्नो ध्यान दक्षिण र पूर्वीयुक्रेनतर्फ केन्द्रित गरेको विवरणहरू सार्वजनिक भइरहेका बेला अमेरिकी राष्ट्रपति जो बाइडेनका राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले सो धारणा राखेका हुन् ।
‘हामी विश्वास गर्छौं कि रूसले आफ्नो युद्धको उद्देश्यलाई परिमार्जन गर्दैछ । अधिकांश क्षेत्रलाई लक्षित गर्नुको सट्टा पूर्वी र दक्षिणी युक्रेनमा उसको ध्यान केन्द्रित छ’, सुलिभानले ह्वाइट हाउसमा पत्रकारहरूलाई भने ।
केही दिनअघि रुसी सेनाले युक्रेनमा आफ्नो आक्रमणको आकार घटाउने र पूर्वतर्फ हमला गर्ने जनाएको थियो । रुसी सेना राजधानी युक्रेनबाट पछाडि हटिसकेको छ । युक्रेनी सेना पछि हटेसँगै केही सहरमा सर्वसाधाणका शव भेटिएका छन् । बुचा सहरमा ५० सर्वसाधारणको शव भेटिएका छन् । -एजेन्सी
सम्बन्धित खवर
-
ताजा मंसिर ९, २०८१माया घरको आठौँ वार्षिक साधारणसभाकाे तयारी सकीयाे : काेशीका अर्थमन्त्री मगरले उद्घाटन गर्ने, “एक इट्टा अभियान”लाई थप प्रभावकारी बनाइने
-
ताजा मंसिर ९, २०८१इटहरीकाे बालग्राममा म्याजीककाे ठक्करबाट श्रीमान श्रीमतीकाे मृत्यु
-
ताजा मंसिर ९, २०८१रवि लामिछानेलाई म्याद थपकालागि अदालत उपस्थित गराइँदै
-
ताजा मंसिर ९, २०८१पूर्व राज्यमन्त्री पदम राईको निधन
-
ताजा मंसिर ९, २०८१दुर्गा प्रसाईंको बी एन्ड सी मेडिकल कलेजमा एमबीबीएस पढाउने तयारी
Comments