•  ९ मंसिर २०८१, आईतवार
  •  5:11:49 PM

रुसी सेनाले बुचामा तीन सयभन्दा धेरै आम नागरिकको हत्या गर्‍योः जेलेन्स्की

- चैत्र २२, २०७८ मा प्रकाशित



एजेन्सी । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले राजधानी सहर किभनजिकै रहेको बुचामा रुसी सेनाले तीन सयभन्दा धेरै आम नागरिकलाई चरम यातना दिएर हत्या गरेको आरोप लगाएका छन्।

किभस्थित आफ्नो कार्यालयबाट राष्ट्रका नाममा सम्बोधन गर्दै जेलेन्स्कीले रुसी सेनामाथि यस्तो आरोप लगाएका हुन्। बुचालाई हालै मात्र युक्रेनले रुसी सेनाले कब्जाबाट आफ्नो नियन्त्रणमा लिएको हो। 

यद्यपि जेलेन्स्कीको आरोपको स्वतन्त्र पुष्टि भने हुन सकेको छैन। जेलेन्स्कीले अहिले पनि आफूहरु रुसी सेनाले के के गरे भन्नेबारे अनुसन्धानको क्रममा रहेको उल्लेख गरेका छन्।

‘अहिलेको अवस्थामा बुचामा मात्र तीन सयभन्दा धेरैको हत्या भएको र यातना दिइएको सूचना प्राप्त भएको छ। समग्र सहरको जानकारी आउँदासम्म यो संख्या धेरै ठूलो हुन सक्छ। र यो केवल एउटा सहरको घटना हो’, जेलेन्स्कीले भने। 

त्यस्तै अन्य सहरमा पनि रुसी सेनाले युद्ध अपराध गरेको जेलेन्स्कीको आरोप छ। यसको लागि रुस जिम्मेवार हुनुपर्ने उनले बताएका छन्। 

Comments

सम्बन्धित खवर