काठमाडौं तेस्रो धेरै मतदाता भएको जिल्ला, मधेश प्रदेशमा सबैभन्दा धेरै मतकेन्द्र
- चैत्र १४, २०७८ मा प्रकाशित
काठमाडौं: निर्वाचन आयोगले वैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनका लागि घोषणा भएको माघ २४ गतेभत्रि मतदाता नामावलीमा नामदर्ता गरी वैशाख २९ गते १८ वर्ष उमेर पूरा हुने ८७४१५३० महिला ८९९२०२० पुरुष तथा १८३ अन्य गरी जम्मा १ करोड ७७ ला ३३ हजार ७ सय २३ मतदाताको अन्तिम नामावली आयोगले स्वीकृत गरको छ।
आयोगका अनुसार मोरङमा सबैभन्दा धेरै मतदाता रहेका छन् । जहाँ ७१५२२३ मतदाता रहेका छन् ।
झापामा ६४६२३४ मतदाता रहेका छन् भने तेस्रो स्थानमा काठमाडौं रहेको छ । ६३७७७५ मतदाता रहेको आयोगले जनाएको छ ।
आयोगका अनुसार मनाङमा सबैभन्दा कम ६ हजार ४९३ रहेको छ । त्यसपछि मुस्ताङ र डोल्पा रहेको छ ।
आयोगका अनुसार मधेश प्रदेशमा सबैभन्दा धेरै मतदान केन्द्र रहेको छ । जहाँ ४ हजार १८९ मतदान केन्द्र रहेको छ । -न्युज कारखाना
सम्बन्धित खवर
-
ताजा मंसिर ९, २०८१रवि लामिछानेलाई म्याद थपकालागि अदालत उपस्थित गराइँदै
-
ताजा मंसिर ९, २०८१पूर्व राज्यमन्त्री पदम राईको निधन
-
ताजा मंसिर ९, २०८१दुर्गा प्रसाईंको बी एन्ड सी मेडिकल कलेजमा एमबीबीएस पढाउने तयारी
-
ताजा मंसिर ९, २०८१कालीगण्डकी करिडोरले जोड्दै मुक्तिनाथ र लुम्बिनी
-
ताजा मंसिर ९, २०८१धरहरा चढ्न आजदेखि शुल्क, फोटो खिच्दा पनि पैसा
Comments