अफगानिस्तानमा किशोरी र महिलाको प्रदर्शन
- चैत्र १३, २०७८ मा प्रकाशित
किभ: तालिबान प्रशासनले छात्राहरूका लागि माध्यामिक विद्यालय बन्द गरेपछि दुई दर्जनभन्दा बढी किशोरी र महिलाले शिक्षा मन्त्रालयअगाडि प्रदर्शन गरेका छन् ।
सरकारले छात्रालाई पनि छात्रसरह पढ्न अनुमति दिने निणर्य फिर्ता गरेपछि क्रुद्ध बनेका किशोरी र महिलाले शिक्षा मन्त्रालयअगाडि प्रदर्शन गरेका हुन् ।
आफूहरुले पढ्न पाउने खबरले खुसी बनेका हजारौँ केटीहरू बुधवार शैक्षिक संस्था पुगेका थिए । शिक्षा मन्त्रालयले सबै उमेरका केटीहरुलाई विद्यालय जान पाउने मिति तोकेपछि उनीहरु विद्यालय गएका थिए । तर, उनीहरु विद्यालय पुगेको केही घन्टापछि सरकारले आफ्नो निर्णय फिर्ता लिएको जनाएको थियो ।
तालिबान पुनः सत्तामा आएपछि महिलाका हक अधिकार कटौती हुन सक्ने विषयलाई लिएर अन्तर्राष्ट्रिय समुदाय चिन्तित छ । तालिबान १५ अगस्टदेखि अफगानिस्तानको सत्तामा छ । -एजेन्सी
सम्बन्धित खवर
-
ताजा मंसिर ९, २०८१माया घरको आठौँ वार्षिक साधारणसभाकाे तयारी सकीयाे : काेशीका अर्थमन्त्री मगरले उद्घाटन गर्ने, “एक इट्टा अभियान”लाई थप प्रभावकारी बनाइने
-
ताजा मंसिर ९, २०८१इटहरीकाे बालग्राममा म्याजीककाे ठक्करबाट श्रीमान श्रीमतीकाे मृत्यु
-
ताजा मंसिर ९, २०८१रवि लामिछानेलाई म्याद थपकालागि अदालत उपस्थित गराइँदै
-
ताजा मंसिर ९, २०८१पूर्व राज्यमन्त्री पदम राईको निधन
-
ताजा मंसिर ९, २०८१दुर्गा प्रसाईंको बी एन्ड सी मेडिकल कलेजमा एमबीबीएस पढाउने तयारी
Comments