•  ९ मंसिर २०८१, आईतवार
  •  9:48:44 PM

नेविसंघ अध्यक्ष शेर्पालाई कोइराला समूहबाहेक सबैको अनुमोदन

- चैत्र १२, २०७८ मा प्रकाशित



काठमाडौं: नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले मनोनित गरेका अध्यक्ष दुजाङ शेर्पालाई संस्थापन ईत्तरका शेखर कोइराला समूहले अस्विकार गरे पनि अन्य दुई समूहले भने  स्वीकार गरेका छन् । 

सभापति देउवाले  ‘एकलौटी रुपमा मनोनित गरेको’ आरोप लगाउँदै कोइराला समूहले १४ चैतमा अलग्गै भेला बोलाएको दोस्रो दिन वरिष्ठ नेता रामचन्द्र पौडेलले निवासमा बोलाएर अध्यक्ष शेर्पालाई बधाई दिएका छन् । यसअघि शेर्पालाई निवासमा नै बोलाएर प्रकाशमान सिंहले पनि बधाई दिइसकेका थिए ।  उक्त बधाई कार्यक्रममा महामन्त्री विश्वप्रकाश शर्माको पनि उपस्थिति थियो ।

उता, शेर्पासहितको मनोनयनप्रति असन्तुष्टी जनाउँदै  कोइराला समूहले १४ चैतमा अनुपम फुडल्याण्डमा बृहत भेला आयोजना गरेका छन् । -न्युज कारखाना

Comments

सम्बन्धित खवर