सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित श्रेष्ठ संसदीय सुनवाई समितिमा उजुरी नपर्ने पहिलो न्यायाधीश
- चैत्र १२, २०७८ मा प्रकाशित
काठमाडौं: संसदीय सुनवाई समितिमा सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित तीलप्रसाद श्रेष्ठविरुद्ध कुनै पनि उजुरी परेको छैन । गत बिहीबारसम्मको समयसीमा तोकेर संसदीय सुनवाई समितिले उजुरी आह्वान गरे पनि कुनै उजुरी नपरेको समितिका सभापति लक्ष्मणलाल कर्णले बताए ।
‘अरुको सिफारिशहरुमा उजुरी नपरेको रेकर्डहरु त छन, तर सर्वोच्चको न्यायाधीशको हकमा कुनै उजुरी नपरेको पहिलो न्यायाधीशको रेकर्ड भने श्रेष्ठजीले कायम गर्नु भएको छ,’ सभापति कर्णले न्युज कारखानासँग भने । उनका अनुसार मंगलवार बस्ने सुनवाई समितिको बैठकले श्रेष्ठलाई सर्वोच्च अदालतको न्यायाधीशका लागि लागि अनुमोदन गर्नेछ । -न्युज कारखाना
सम्बन्धित खवर
-
ताजा मंसिर ९, २०८१माया घरको आठौँ वार्षिक साधारणसभाकाे तयारी सकीयाे : काेशीका अर्थमन्त्री मगरले उद्घाटन गर्ने, “एक इट्टा अभियान”लाई थप प्रभावकारी बनाइने
-
ताजा मंसिर ९, २०८१इटहरीकाे बालग्राममा म्याजीककाे ठक्करबाट श्रीमान श्रीमतीकाे मृत्यु
-
ताजा मंसिर ९, २०८१रवि लामिछानेलाई म्याद थपकालागि अदालत उपस्थित गराइँदै
-
ताजा मंसिर ९, २०८१पूर्व राज्यमन्त्री पदम राईको निधन
-
ताजा मंसिर ९, २०८१दुर्गा प्रसाईंको बी एन्ड सी मेडिकल कलेजमा एमबीबीएस पढाउने तयारी
Comments