•  ९ मंसिर २०८१, आईतवार
  •  9:19:27 AM

डा. हर्क गुरुङ प्रतिष्ठानलाई साढे दुई लाख सहयोग

- चैत्र ११, २०७८ मा प्रकाशित



लमजुङ: भूगोलविद् डा. हर्क गुरुङको स्मृतिमा खोलिएको डा. हर्क गुरुङ प्रतिष्ठानलाई तमु प्ये ल्हु संघ बेलायतले आर्थिक सहयोग गरेको छ ।

डा. गुरुङको समाधिस्थल रहेको मर्स्याङदी गाउँपालिका-७ ताङ्लीचोकमा निर्माणाधीन पार्कका लागि तमु प्ये ल्हु संघ बेलायतले २ लाख ५७ हजार ३ सय रुपैयाँ आर्थिक सहयोग गरेको हो । तमु प्ये ल्हु संघ बेलायतका अध्यक्ष रणबहादुर गुरुङले प्रतिष्ठानका अध्यक्ष तिलबहादुर गुरुङलाई उक्त रकम हस्तान्तरण गरेका हुन् ।

प्रतिष्ठानले डा. हर्क गुरुङको समाधिस्थलमा पार्क निर्माण गर्न लागेको थाहा पाएपछि सहयोग लिएर आएको तमु प्ये ल्हु संघ बेलायतका अध्यक्ष रणबहादुर गुरुङले बताए ।  गुरुङको स्मृतिमा समाधिसँगै पार्क निर्माण गर्न डिपिआर तयार भइरहेको छ । ताङ्लीचोकमा रहेको समाधिस्थलसँगै पार्क र अन्य संरचना निर्माण गरिने प्रतिष्ठानले जनाएको छ । -न्युज कारखाना

Comments

सम्बन्धित खवर