रणवीरसँग बप्पीको यस्तो प्रेम
- चैत्र ९, २०७८ मा प्रकाशित
काठमाडौं: दिवंगत बलिउडका लोकप्रिय गायक र संगीतकार बप्पी लहरीले भारतमा डिस्को संगीतको सुरुवात गरेका थिए । सन् ८० देखि ९० को दशकमा भएका अधिकांश रेट्रो पार्टीमा बप्पीका गीत बज्दथे । उनको प्रतिभाबाट जोकोही परिचित थिए । उनको गत १५ फेब्रुअरीमा निधन भएपछि बलिउडले ठूलो क्षति व्यहोर्नुपर्यो ।
यिनै गायकका छोरा बप्पाले पिता बप्पीले आफ्नो बायोपिक बनाउन चासो दिएको खुलासा गरेका छन् । उनका अनुसार पिताले आफ्नो बायोपिक बनाउँदा उक्त बायोपिकमा अभिनेता रणवीर सिंहलाई ‘बप्पी’को भूमिका चरित्र हेर्न चाहेको बताउने गरेका थिए ।
‘उहाँ जहिल्यै पनि आफ्नो बायोपिकमा रणवीर सिंह काम गरून् भन्ने चाहनुहुन्थ्यो । तीन, चार वर्षअघि केही निर्मातासँग बायोपिकको बारेमा पनि कुरा भएको थियो । बुबा रणवीरलाई निकै मनपराउनु हुन्थ्यो’, बप्पाले भनेका छन् ।
उनले बायोपिकका विषयमा रणवीरसँग कहिल्यै कुरा नगरेको उल्लेख गरेका छन् । रणवीरसँग कुराकानी गर्नुअघि कथा लेखन र प्रि-प्रोडक्सनको काम सक्नुपर्ने भएपछि त्यो काम नसकिएको उनले खुलाए ।
‘अहिले हामी बायोपिक बनाउन सक्ने अवस्थामा र चरणमा छैनौं । रणवीरभित्र सबै गुण छन्, जुन मेरो पिताभित्र थियो । रणवीरमा संगीत बुझाइको ठूलो भण्डार छ । उनी मेरो पिताको ठूलो फ्यान हुन्, हामी उनलाई सम्मान गर्छौ,’ बप्पीले भनेका छन् । -न्युज कारखाना
सम्बन्धित खवर
-
ताजा मंसिर ९, २०८१माया घरको आठौँ वार्षिक साधारणसभाकाे तयारी सकीयाे : काेशीका अर्थमन्त्री मगरले उद्घाटन गर्ने, “एक इट्टा अभियान”लाई थप प्रभावकारी बनाइने
-
ताजा मंसिर ९, २०८१इटहरीकाे बालग्राममा म्याजीककाे ठक्करबाट श्रीमान श्रीमतीकाे मृत्यु
-
ताजा मंसिर ९, २०८१रवि लामिछानेलाई म्याद थपकालागि अदालत उपस्थित गराइँदै
-
ताजा मंसिर ९, २०८१पूर्व राज्यमन्त्री पदम राईको निधन
-
ताजा मंसिर ९, २०८१दुर्गा प्रसाईंको बी एन्ड सी मेडिकल कलेजमा एमबीबीएस पढाउने तयारी
Comments