वासिंगटनमा ट्याक्सी चलाउँछन् अफगानिस्तानका पूर्वअर्थमन्त्री
- चैत्र ८, २०७८ मा प्रकाशित
न्युयोर्क: अफगानिस्तानका पूर्वअर्थमन्त्री खालिद पेयन्दाले अमेरिकी सहर वासिंगटनमा ट्याक्सी हाँकेर गुजारा चलाउने गरेका छन् । अगस्टमा तालिवानले सत्ता कब्जा गर्नु एक साताअघि एउटा सार्वजनिक कार्यक्रममा तत्कालीन राष्ट्रपति असरफ गनीले आलोचना गरेपछि उनले राजीनामा दिएका थिए ।
वासिंगटन पोस्टमा प्रकाशित एउटा रिपोर्टअनुसार ४० वर्षीय पेयन्दाले ६ घन्टामा १५० डलर भन्दाबढी कमाउँछन् । अमेरिका पुगेपछि पेयन्दाले आफ्नो परिवारसँग पुनर्मिलन भएको बताएका थिए ।
कुनै बेला उनले अमेरिकाले अफगानस्तिानलाइ सहयोग प्रदान गरेको ६ अर्ब डलर रकमको व्यबस्थापन गरेका थिए ।
राजधानी काबुलबाट वासिंगटनसम्मको आफ्नो सङ्क्रमणकालीन अवधिलाई पेयन्दाले ‘बिल्कुल परिवर्तन’ भनेका छन् । काबुल ढलेको महिनौँपछि पनि पेयन्दाले प्रजातान्त्रिक ढंगले निर्वाचित सरकार चाँडो पतन हुनुमा आफ्ना सहकर्मीसँगै आफू पनि जिम्मेवार रहेको बताउँछन् । उनी भन्छन्, ‘सुधार गर्ने र गम्भीर बन्ने सामूहिक इच्छा थिएन् ।
देश तालिबानलाई सुम्पिएकोमा उनले अमेरिकाकोसमेत आलोचना गरे । -एजेन्सी
सम्बन्धित खवर
-
ताजा मंसिर ९, २०८१माया घरको आठौँ वार्षिक साधारणसभाकाे तयारी सकीयाे : काेशीका अर्थमन्त्री मगरले उद्घाटन गर्ने, “एक इट्टा अभियान”लाई थप प्रभावकारी बनाइने
-
ताजा मंसिर ९, २०८१इटहरीकाे बालग्राममा म्याजीककाे ठक्करबाट श्रीमान श्रीमतीकाे मृत्यु
-
ताजा मंसिर ९, २०८१रवि लामिछानेलाई म्याद थपकालागि अदालत उपस्थित गराइँदै
-
ताजा मंसिर ९, २०८१पूर्व राज्यमन्त्री पदम राईको निधन
-
ताजा मंसिर ९, २०८१दुर्गा प्रसाईंको बी एन्ड सी मेडिकल कलेजमा एमबीबीएस पढाउने तयारी
Comments