राप्रपा नेपाल एक महिनामै ७७ जिल्लामा विस्तार, महामन्त्री बर्तौला भन्छन्- अब राप्रपा नेपाल दुबोसरि मौलाउछ
- चैत्र ७, २०७८ मा प्रकाशित
काठमाडाैं: कमल थापा नेतृत्वमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपाललाई पुनर्जागृत गरेको एक महिना पूरा भएको छ । यो अवधिमा ७७ वटै जिल्लामा पार्टीको जिल्ला संरचना खडा गरी जिल्लास्थित निर्वाचन कार्यालयमा राप्रपा नेपालले अभिलेख बुझाएको छ ।
राप्रपा नेपालका महामन्त्री एवं संगठन विभाग प्रमुख राजाराम बर्तौलाले स्थानीय तह निर्वाचनको प्रयोजनको नित्ति देशैभरका ७७ निर्वाचन कार्यालयमा राप्रपा नेपाललाई अभिलेखमा राखी दर्ता गर्न निवेदन दिएको जानकारी दिए ।
उनले भने, ‘७७ जिल्लामा नै राप्रपा नेपाल दर्ता भएको छ, काठमाडौंस्थित निर्वाचन आयोगमा पनि सम्पूर्ण विवरण पेश गरिएको छ ।अब राप्रपा नेपाल दुबोसरि मौलाउने छ ।’ -न्युज कारखाना
सम्बन्धित खवर
-
ताजा मंसिर ९, २०८१इटहरीकाे बालग्राममा म्याजीककाे ठक्करबाट श्रीमान श्रीमतीकाे मृत्यु
-
ताजा मंसिर ९, २०८१रवि लामिछानेलाई म्याद थपकालागि अदालत उपस्थित गराइँदै
-
ताजा मंसिर ९, २०८१पूर्व राज्यमन्त्री पदम राईको निधन
-
ताजा मंसिर ९, २०८१दुर्गा प्रसाईंको बी एन्ड सी मेडिकल कलेजमा एमबीबीएस पढाउने तयारी
-
ताजा मंसिर ९, २०८१कालीगण्डकी करिडोरले जोड्दै मुक्तिनाथ र लुम्बिनी
Comments