राप्रपाले बराहक्षेत्रमा ८ हजार मान्छे उतार्ने : राजेन्द्र लिङदेन,रेखा थापा र ज्ञानेन्द्र शाहि पनि आउदै
- चैत्र ३, २०७८ मा प्रकाशित
इटहरी । आसन्न स्थानीय निर्वाचनलाइ लक्षित गर्दै राजेन्द्र लिङदेनले नेतृत्व गरेको राष्ट्रिय प्रजातन्त्र पार्टि सुनसरीले बराहक्षेत्रमा बृहत आमसभा गर्ने भएको छ ।
अन्य ठुला दलहरूले शहरलाइ केन्द्र बनाएर कार्यक्रमहरू गरिरहेकै बेला राप्रपा सुनसरीले भने ग्रामिण भेगका जनतालाइ जागरूक बनाउने उद्येस्य सहित आगामि चैत्र ७ गते जिल्लाको बराहक्षेत्र नगरपालिकामा बृहत आमसभा गर्ने भएको हो ।सभाबारे जानकारी गराउदै इटहरीमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा राप्रपा सुनसरीका अध्यक्ष दुर्गाबहादुर बस्नेतले तयारी सबै सकिएको बताए ।
उनले सुनसरीको १२ वटै स्थानीयतहहरूबाट करीब ८ हजार मान्छे सभामा जम्मा गर्ने र कम्तिमा पनि ३ देखि ४ हजार सम्मलाइ पार्टिमा प्रवेश गराउने कार्यक्रम रहेको बताए ।सभालाइ सम्बोधन गर्नका निमित्त राप्रपाका केन्द्रिय अध्यक्ष राजेन्द्र लिङ्देन , अभिनेत्री तथा निर्देशक रेखा थापा , प्रखर वक्ता ज्ञानेन्द्र शाहि लगायत अन्य केन्द्रिय नेताहरूको उपस्थिति रहने जनाइएको छ ।
पार्टिले नया नेतृत्व पाएसंगै जिल्लामा पनि सकृय रूपमा गतिविधि बढाउन राप्रपा अब कम्मर कसेर लागि पर्ने पत्रकार सम्मेलनमा बताइएको छ । संघियता खारेजी संगै राजसंस्था पुनःस्थापित गराइ मुलुकलाइ हिन्दु राष्ट्र बनाउने मुल उद्येश्य सहित राप्रपा अघि बढेको र यो अभियान शहर भन्दा ग्रामिण भेगका जनताहरूमाझ पुर्याउन सभाको बिकल्प नरहेको पत्रकार सम्मेलनमा बताइएको छ ।
सम्बन्धित खवर
-
ताजा मंसिर ९, २०८१रवि लामिछानेलाई म्याद थपकालागि अदालत उपस्थित गराइँदै
-
ताजा मंसिर ९, २०८१पूर्व राज्यमन्त्री पदम राईको निधन
-
ताजा मंसिर ९, २०८१दुर्गा प्रसाईंको बी एन्ड सी मेडिकल कलेजमा एमबीबीएस पढाउने तयारी
-
ताजा मंसिर ९, २०८१कालीगण्डकी करिडोरले जोड्दै मुक्तिनाथ र लुम्बिनी
-
ताजा मंसिर ९, २०८१धरहरा चढ्न आजदेखि शुल्क, फोटो खिच्दा पनि पैसा
Comments