भैरहवाकाे रेडसन वाटर फनपार्ककाे विशेष छुटका साथ सेवा सुरु
- चैत्र २, २०७८ मा प्रकाशित
भैरहवा: काेराेनाभाइरस संक्रमणले थला परेको पर्यटन तथा होटल व्यवसायलाई पुनर्ताजगी गराउन र आर्थिक चलायमान गर्नका वेभ पुलसहितको रेडसन वाटर फन पार्कले पुनः सेवा सुरु गरेको छ । रुपन्देहीको ओमसतिया गाउँपालिका–४ स्थित बसन्तपुरमा नेपालमै पहिलो पटक समुद्रको अनुभूति दिलाउनका लागि विशेष छुटका साथ बालबालिकालाई २५० रुपैयाँ र अन्यका लागि तीन सय रुपैयाँमा मात्र सेवा सुरु गरेको हो ।
बुद्ध जन्मस्थल, संचालनको तरखरमा रहेको गौतमबुद्ध विमानस्थल, भारतीय पर्यटक र स्थलमार्ग भई सबैभन्दा बढी पर्यटक आउने नााकाको शहर भैरहवा आउने पर्यटकहरूलाई लक्षित गरी पर्यटकीय गनतव्यका लागि रेडसन वाटर फनपार्कको अवधारणा ल्याइएको रेडसन वाटर पार्क तथा बोधी होटलका संचालक प्रमोद यादवले जानकारी दिए ।
कोरोनाको चपेटामा परेको वाटर पार्कलाई सुचारु गरी पर्यटन क्षेत्रलाई चलायमान बनाउन प्रयासमा पार्क रहेको छ । -न्युज कारखाना
सम्बन्धित खवर
-
ताजा मंसिर ६, २०८१मेडिसिटी अस्पतालको चरम लापरवाही : बिरामीको ज्यान पनि गयो, मृगौला पनि ‘गायब’
-
ताजा मंसिर ६, २०८१उदयपुरको त्रियुगामा मोटरसाइकल दुर्घटना , बाबुको मृत्यु, दुई छोरा घाइते
-
ताजा मंसिर ६, २०८१पर्सामा नगर प्रमुख र प्रमुख प्रशासकीय अधिकृतको झगडाले रोकियो कर्मचारी–जनप्रतिनिधिको तलव–भत्ता
-
ताजा मंसिर ६, २०८१चार दिन देखि बढेकाे बढ्यै सुनकाे भाउ : आज तोलाको कतिमा हुदैछ काराेवार ?
-
ताजा मंसिर ५, २०८१दुर्गा प्रसाईंलाई आज अदालत लगिँदै , मानहानीकाे मुद्धा चलाउने तयारी
Comments