•  ४ आश्विन २०८१, शुक्रबार
  •  5:46:35 AM

सभामुख अग्निप्रसाद सापकोटाको पक्षमा उभिन्छौँ : माधव नेपाल

- फाल्गुन १७, २०७८ मा प्रकाशित



काठमाडौं: नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी सभामुख अग्निप्रसाद सापकोटाको पक्षमा उभिने बताएका छन् । 

मंगलबार पत्रकार सम्मेलन गरेर उनले सभामुख सापकोटाविरुद्ध महाअभियोग लगाउने विषयमा आफ्नो पार्टी सहमत नहुने बताएका हुन् । 

सभामुख सापकोटाविरुद्ध महाअभियोग प्रस्ताव ल्याउने बताइएका बेला उनले आफ्नो पार्टी संसदको गरिमा जोगाउने सभामुख सापकोटाको पक्षमा उभिने बताए । 

एमसीसीबारे देखिएको विवाद र आशंका घोषणापत्रले निवारण गरेको दाबी गरेका उनले नेपाल असंलग्न परराष्ट्र नीतिप्रति प्रतिबद्ध रहेको बताए । -न्युज कारखाना

Comments

सम्बन्धित खवर