मधेसी जनताले माओवादीप्रति गुनासाे गर्ने कुनै ठाउँ छैन : मन्त्री साह
- माघ २८, २०७८ मा प्रकाशित
महोत्तरी: आन्तरिक मामिला तथा संचारमन्त्री भरतप्रसाद साहले प्रदेश २ को मधेस प्रदेश नाम माओवादी केन्द्रका कारणले भएकाे दाबी गरेका छन ।
मधेस प्रदेश नाम राख्न माओवादी केन्द्रले ठूलो संघर्ष गरेको बताउदै उनले अब मधेसी जनताले माओवादीप्रति कुनै गुनासो गर्ने ठाउँ नरहेको पनि उनले जिकिर गरे ।
गौशाला-८ स्थित सोनी खोल्सीमा सुधार केन्द्रको भवन सिलन्यास कार्यक्रममा मन्त्री साहले मधेसी दल नै मधेसीको पहिचानलाई कुण्ठित गर्नेतर्फ लागिरहेका बेला मधेसमा मधेस प्रदेश नामले पनि राहत प्रदान गरेको बताए ।
‘हाम्रो पार्टीले सदियौँदेखि पहिचानसहितको मुद्दा उठाउँदै आएको छ । यो मधेस प्रदेश नामांकरण पनि ऐतिहासिक सफलता हो,’ उनले भने । -न्युज कारखाना
सम्बन्धित खवर
-
ताजा मंसिर ६, २०८१मेडिसिटी अस्पतालको चरम लापरवाही : बिरामीको ज्यान पनि गयो, मृगौला पनि ‘गायब’
-
ताजा मंसिर ६, २०८१उदयपुरको त्रियुगामा मोटरसाइकल दुर्घटना , बाबुको मृत्यु, दुई छोरा घाइते
-
ताजा मंसिर ६, २०८१पर्सामा नगर प्रमुख र प्रमुख प्रशासकीय अधिकृतको झगडाले रोकियो कर्मचारी–जनप्रतिनिधिको तलव–भत्ता
-
ताजा मंसिर ६, २०८१चार दिन देखि बढेकाे बढ्यै सुनकाे भाउ : आज तोलाको कतिमा हुदैछ काराेवार ?
-
ताजा मंसिर ५, २०८१दुर्गा प्रसाईंलाई आज अदालत लगिँदै , मानहानीकाे मुद्धा चलाउने तयारी
Comments