•  ७ मंसिर २०८१, शुक्रबार
  •  4:36:19 PM

मर्स्याङदीमा प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि ६० योजना छनाेट

- माघ २७, २०७८ मा प्रकाशित



लमजुङ: लमजुङको मर्स्याङदी गाउँपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि ६० वटा योजना छनाेट गरेको छ ।

प्रधानमन्त्री रोजगार कार्यक्रम प्रभावकारी ढंगबाट समयमै सम्पन्न गर्न वडागत रुपमा सुरु भइसकेको गाउँपालिकाका रोजगार संयोजक नन्दराज गुरुङले वताए । चालु आर्थिक वर्षमा गाउँपालिकाले ९ वटै वडामा गरी ६० वटा योजना छनाेट गरेको हो ।

छनाेट भएका योजनामा गोरेटो बाटो मर्मत तथा निर्माण, सिढी बाटो निर्माण, मोटरबाटो मर्मत तथा सोलिङ, नाली निर्माण, आन्तरिक बाटो निर्माण, सिंचाइ कुलो निर्माण , खेलमैदान, तटबन्धन, सामुदायिक भवन साझेदारी लगायतका रहेका छन् ।

रोजगार संयोजकका अनुसार हाल अधिकाशं वडामा योजनाहरुको काम चलिरहेको छ भने तन वटा योजना सम्पन्न भइसकेको छ । चालु आर्थिक वर्ष प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि गाउँपालिकालाई २ करोड ५५ लाख रकम बजेट विनियोजन भएको छ । -न्युज कारखाना

Comments

सम्बन्धित खवर