•  ४ आश्विन २०८१, शुक्रबार
  •  5:53:32 AM

मानव बेचबिखन मुद्दाका फरार प्रतिवादी २० वर्षपछि पक्राउ

- माघ २७, २०७८ मा प्रकाशित



सिन्धुपाल्चोक: मानव बेचबिखन तथा ओसारपसार मुद्दाका फरार प्रतिवादी २० वर्षपछि पक्राउ परेका छन् । 

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी दक्षकुमार बस्नेतका अनुसार चौतारा साँगाचोकगढी नगरपालिका-४ का चोपनाथ नेपाल पक्राउ परेका हुन् । 

मानव  वेचविखन तथा ओसारपसार मुद्दामा सिन्धुपाल्चोक जिल्ला अदालतले १६ पुस २०५८ मा उनलाई १ वर्ष ६ महिना कैद सजाय तोकेको थियो ।  तर उनी फरार थिए ।

पक्राउ परेका नेपाललाई कारागार चलान गरिएकाे छ । -न्युज कारखाना

Comments

सम्बन्धित खवर