•  ३ आश्विन २०८१, बिहीबार
  •  3:30:47 AM

पथरीशनिश्चरेमा दुर्घटना हुँदा दुई प्रहरी हवल्दार घाइते

- माघ २६, २०७८ मा प्रकाशित



इटहरीः पूर्व–पश्चिम लोकमार्गअन्तर्गत मोरङको पथरीशनिश्चरे नगरपालिका–२ मा बुधबार दिउँसो भएको दुर्घटनामा परेर नेपाल प्रहरीका दुई जना हवल्दार गम्भीर घाइते भएका छन् ।

पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको प्रदेश १–०२–००१ ख ८५७८ नम्बरको ट्रकले पूर्वतर्फ जाँदै गरेको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय इटरीले जनाएको छ । कार्यालयका प्रवक्ता प्रहरी नायबउपरीक्षक (डीएसपी) सुमन तिम्सिनाका अनुसार दुर्घटनामा परेर सप्तरीमा कार्यरत हवल्दार दानबहादुर योगी र वसन्त बोहोरा गम्भीर घाइते भएका छन् ।

दुवै जना कहाँ गएका हुन् भन्ने केही खुल्न नसकेको उनको भनाइ छ । उनीहरूको ठेगाना र कार्यरत प्रहरी युनिट पनि खुल्न बाँकी छ । दुवै घाइतेहरुलाइं उपचारार्थ विराटनगर पठाइएको उनले बताए ।

ट्रकले ठक्कर दिनसाथ मोटरसाइकलमा आगलागी भएको प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ । आगलागीपछि जलेर ध्वस्त भएको मोटरसाइकलको नम्बर पनि पत्ता लागेको छैन । घटनाका बारेमा अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

Comments

सम्बन्धित खवर