•  ३ आश्विन २०८१, बिहीबार
  •  3:15:27 AM

झापामा ट्र्रकको ठक्करबाट महिलाको मृत्यु

- माघ २६, २०७८ मा प्रकाशित



इटहरीः झापाको गौरादह नगरपालिका–१ गुरुङ चोकमा बुधबार दिउँसो भएको सवारी दुर्घटनामा एक महिलाको मृत्यु भएको छ ।

श्रीमान् नन्दलाल दाहालले चलाएको प्रदेश १–०१–०१४प३३२६ मोटरसाइकलबाट अचानक सडकमा लडेकी जिल्लाको शिवसताक्षी नगरपालिका–१ की ५३ वर्षीया हिमादेवी दाहाललाई मृत्यु भएको १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ । मोटरसाइकल चालक ५६ वर्षीय नन्दलाल सकुशल रहेको कार्यालयका प्रवक्ता प्रहरी नायबउपरीक्षक (डीएसपी) सुमन तिम्सिनाले बताए ।

नका अनुसार ट्रकचालक गौरादह–१ का ३६ वर्षीय सन्तोष अधिकारीलाई इलाका प्रहरी कार्यालय गौरादहले नियन्त्रणमा लिएको छ । मोटरसाइकलचालक दाहाल, ट्रक र मोटरसाइकलसमेत नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।

Comments

सम्बन्धित खवर