•  ३ आश्विन २०८१, बिहीबार
  •  3:36:19 AM

धरानमा एमालेको विरासत फर्काउने उपमेयर भण्डारीको उद्घोष

- माघ २५, २०७८ मा प्रकाशित



धरान: नेकपा एमालेका केन्द्रीय सदस्य एवै धरान उपमहानगरपालिकाकी उपमेयर मञ्जु भण्डारीले धरानमा एमालेको विरासत फर्काउने बताएकी छन् ।

नेकपा एमाले सुनसरी जिल्ला कमिटीले आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै भण्डारीलाई एमालेले धरान उपमहानगरपालिकामा पुनः आफ्नो विरासत फिर्ता ल्याउने बताएकी हुन् ।

एमालेबाट निर्वाचित मेयर तारा सुब्बाको निधन पछि भएको उपनिर्वाचनमा काँग्रेसका उम्मेदवार तिलक राई विजयी भएका छन् । भण्डारीले प्राविधिक कारण एमाले पराजित हुँदा देशैभर चर्चा भएको स्पष्ट पारिन् । उनले भनिन्, ंउपनिर्वाचनमा एमाले प्राविधिक कारणले पराजित भयो । तर अबको निर्वाचनमा त्यो विरासत फर्किनेछ ।’

माओवादीलगायत विभिन्न पार्टी परित्याग गरी एमाले प्रवेश गरेका कार्यकर्तालाई स्वागत गर्दै भण्डारलिे एमालेमा विजयको लहर देखिएको दाबी गरिन् । कम्युनिस्ट पार्टी भनेको एमाले मात्र भएको प्रष्ट भएको भन्दै भण्डारीले धरानसहित एमालेले अधिकांश पालिकामा विजय हासिल गर्ने विश्वास गरिन् ।

राष्ट्रियता र सामाजिक सुरक्षाको सवालमा एमालेको अडानले जनतामा आशा जगाएको उनले बताइन् ।

Comments

सम्बन्धित खवर