आजभन्दा भाेलिकाे माैसम खराब, यी क्षेत्रमा वर्षाकाे सम्भावना
- माघ २५, २०७८ मा प्रकाशित
काठमाडाैं: मुलुकमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । बिहान तराईका केही भूभागमा हुस्सु र कुहिरो लागेकाे छ ।
दिउँसो प्रदेश १, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने आँकलन माैसम पूर्वानुमान महाशाखाले गरेकाे छ । प्रदेश १ का एक वा दूई स्थानमा हल्का वर्षाको सम्भावना छ ।
राति पूर्वी तथा पश्चिम नेपालका उच्च पहाडी तथा हिमाली भूभागका एक वा दूई स्थानमा हल्का हिमपातको आँकलन छ ।
बुधबार कर्णाली, सुदूरपश्चिम प्रदेशका केही स्थान र लुम्बिनी, गण्डकी तथा प्रदेश १ का एक वा दूई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ ।
राति सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी लगायत बागमती र प्रदेश १ का पहाडी भूभागमा सामान्य देखि पूर्ण बदली तथा बाँकी भूभागमा आंशिक बदली रहनेछ । -न्युज कारखाना
सम्बन्धित खवर
-
ताजा आश्विन ३, २०८१संविधान दिवसको भाषणमा पनि बालेनविरुद्ध ओली कटाक्ष: ‘…आगो लगाउँछु भन्नेहरूबाट बचाउनुहोला’
-
ताजा आश्विन ३, २०८१वरिष्ठ साहित्यकार गिरिराज शर्माको अन्त्येष्टि
-
ताजा आश्विन ३, २०८१नौं वर्षपछि खुलेको धरहरा चढ्न सर्वसाधारणको भिड
-
ताजा आश्विन ३, २०८१राउटे समुदायका एक युवकको मृत्यु, जनसंख्या १३४ मा झर्यो
-
ताजा आश्विन ३, २०८१सुनको मूल्यमा लगातार गिरावट, आज थप घट्यो , चाँदी पनि सस्तियो
Comments