•  ३ आश्विन २०८१, बिहीबार
  •  10:48:15 PM

मधेश प्रदेशमा हावाहुरीबाट ज्यान गुमाउनेका आफन्तले राहत पाउने

- माघ २३, २०७८ मा प्रकाशित



इटहरीः मधेस प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले हावाहुरीका कारण मृत्यु भएका परिवारलाई जनही एक लाख रुपैयाँ राहत उपलब्ध गराउने भएको छ ।

हावाहुरीजस्ता प्राकृतिक विपत्तका कारण धनुषा र रौतहटमा ज्यान गुमाएका आफन्तलाई तत्काल जनही एक–एक लाख क्षतिपूर्ति दिने निर्णय भएको मधेस प्रदेश सरकारका आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साहले बताए । गत शुक्रबार हावाहुरीका कारण धनुषाको सबैला नगरपालिका–१२ निवासी महेन्द्र सदाका आठ वर्षीया छोरी प्रतिमाकुमारी सदा र चन्देश्वर सदाको सात वर्षीय छोरा अरविन्द सदाको मृत्यु भएको थियो ।

Comments

सम्बन्धित खवर