•  ३ आश्विन २०८१, बिहीबार
  •  10:51:21 PM

प्रदेश १ मा मन्त्रिपरिषद् विस्तारप्रति कांग्रेस असन्तुष्ट

- माघ २३, २०७८ मा प्रकाशित



इटहरीः प्रदेश १ मा मन्त्रिपरिषद् विस्तारको निर्णयप्रति नेपाली काङ्ग्रेसभित्र असन्तुष्टि बढेको छ ।

नयाँ मन्त्रिमण्डलमा सभापति शेरबहादुर देउवा पक्षका मात्रै सहभागी हुने भएपछि शेखर कोइराला पक्षले असन्तुष्टि जनाएको हो । आज हुने मन्त्रिमण्डल विस्तारमा देउवा पक्षले प्रतापप्रकाश हाङ्गाम, ओम सरावगी र शेखरचन्द्र थापालाई पठाउने तयारी गरेको थियो । तीन जनाको नाम सिफारिस गर्दा आफ्नो पक्षको नाम नपरेपछि संस्थापन इतर पक्षले असन्तुष्टि जनाएको हो । गत कात्तिक १६ गते मुख्यमन्त्री राजेन्द्र राईसँगै काङ्ग्रेसबाट केदार कार्की र हिमाल कार्कीले नियुक्ति पाएका थिए ।

तर दोस्रो पटक मन्त्रिमण्डल विस्तार गर्दा कोइराला पक्षका कसैको नाम समावेश भएको छैन । सात ओटा मन्त्रालयलाई फुटाएर १२ ओटा कायम गरेकोमा त्यसले पनि नपुगेपछि मन्त्रालयको संख्या १३ बनाएको सरकारले नेकपा एकीकृत समाजवादी र कांग्रेसका तीन तीन र नेकपा माओवादी केन्द्रका दुई जनालाई मन्त्री बनाउन लागेको हो । माओवादी केन्द्रबाट रामकुमार राई, झलकिसंह दर्लामी मन्त्री बन्नेछन् ।

नेकपा एकीकृत समाजबादीबाट राजन राई, खिनु लिम्बु , उपेन्द्र घिमिरे मन्त्री बन्नेछन् । नेपाली काङ्ग्रेसबाट प्रतापप्रकाश हाङगाम, ओमप्रकाश सराबगी, शेखरचन्द्र थापा मन्त्री बन्नेछन् । आन्तरिक मामिला तथा कानुन मन्त्रालय विभाजन गरी नयाँ गठन गरिएको सञ्चार मन्त्रालयको जिम्मेवारी उपेन्द्र घिमिरको भागमा परेको स्रोतले बताएको छ ।

Comments

सम्बन्धित खवर