•  ३ आश्विन २०८१, बिहीबार
  •  10:44:57 PM

जुम्लामा हिउँले कठ्यांग्रिएर दुईजनाको मृत्यु, दर्जनौं फसेको अनुमान

- माघ २३, २०७८ मा प्रकाशित



जुम्ला: जुम्लामा  हिउँले कठ्यांग्रिएर दुईजनाको मृत्यु भएको छ ।  तातोपानी गाउपालिका-७ वारा गाउँका ४२ बर्ष मुन रावत र तातोपानी-८ की ३७ वर्षकी देवी शाहीको चिसोले कठ्यांग्रिएर मृत्यु भएको  प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायव उपरीक्षक नरेन्द्र चन्दका अनुसार वडा नम्बर ७ का पुरुष गोठालो गएको समयमा हिउँमा परेर मृत्यु भएको र महिलाको सेतो चिनी कोर्न जाँदा मृत्यु भएको हो।  

यसैगरी तातोपानी गाउँपालिका-८ मा १८ देखि  ५५ जना मानिस हिउँमा फसिरहेको तातोपानी गाउँपालिकाले अनुमान गरेको छ । ‘जडिबुटी ( खिरौलो)  कोर्न गएका गएका १८ देखि ५५ जना मानिस फसेका भन्ने खबर आएको छ, तर एकिन  गर्न सकिएको छैन,’ गाउँपालिका अध्यक्ष नवराज न्यौपाने भने, ‘वडाध्यक्षहरुसँग समन्वय भईरहेको छ ।’ उनले हिउँमा फसेका मानिसहरु ऐडि ओडार, गाग्री ओडार, खोटी सल्लामा बसेका जानकारी दिए ।

प्रहरी नायव उपरीक्षक नरेन्द्र चन्दका अनुसार हराएको मानिस ओडारमा बसेको खबर प्राप्त भएको बताए ।  प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईले सो क्षेत्रमा खाद्यान्न बोकेर हेलेकोप्टर जाने तयारी भए पनि हिउँ धेरै परेकाले तत्काल उद्धार गर्न सकिने अवस्था नरहेको बताइन् । -न्युज कारखाना

Comments

सम्बन्धित खवर