हिमपातले मनाङमा सडकसँगै टेलिफोन र इन्टरनेट सेवा पनि अवरुद्ध
- माघ २२, २०७८ मा प्रकाशित
मनाङ: हिमाली जिल्ला मनाङका अधिकांश बस्तीमा भारी हिमपात भएको छ । बिहीबार दिउँसोदेखि नै परेको हिमपात शुक्रबार रातिबाट रोकीएको छ ।
बाक्लो हिमपातका कारण मनाङमा तल्लो क्षेत्रको दानाक्युदेखि माथिल्लो क्षेत्रमा सवारी आवागमन बन्द छ । धारापानीका स्थानिय थुतेन लामाका अनुसार हिउँ परे पनि दानाक्युसम्म सवारी आवागमन भइरहेको र त्यसभन्दा माथिल्लो क्षेत्रमा यातायात ठप्प छ ।
प्रमुख जिल्ला अधिकारी रविन्द्रप्रसाद आचार्यले बिहीबार दिउँसोदेखि मनाङमा हिमपात भएको बताए । उनका अनुसार मनाङ, टंकी मनाङ, हुम्डे, पिसाङ र नार्पाभूमिको नार, फू, क्याङ तथा च्याखु साथै सदरमुकाम चामे बजार क्षेत्रसहित कोतो, थानचोक र तिमाङ क्षेत्रमा हावाहुरीसहित हिमपात भएको थियो । शुक्रबार रातीबाट हिमपात रोकीएपनि मनाङको तापक्रम माइनस १२ डिग्री सेल्सियसमा झरेको छ ।
मनाङमा बिहीबार र शुक्रबार वर्षकै ठूलो हिमपात भएको प्रजिअ आचार्यको भनाइ छ । मनाङको सदरमुकाम चामेमै तीन फिट बाक्लो हिउँ परेको छ । बाक्लो हिमपातले स्थानीयलाई आवतजावत गर्न समेत समस्या भएको छ । माथिल्लो मनाङको पिसाङका याङडुङ गुरुङले मनाङमा बिहीबार दिउँसोदेखि भारी हिमपात भएको बताए । उनका अनुसार शुक्रबार भने हावाहुरीसमेत हिमपात भएको थियो ।
हिमपातले मानिस घरबाहिर निस्कन नसकेको र पदमार्ग बन्द भएको बताइएको छ । हिमपातका कारण मनाङको सदरमुकामसहित अन्य क्षेत्रमा नेपाल टेलीकमको नेटवर्कसमेत अवरुद्ध छ ।
नासों गाउँपालिका ८, ताचैमाथिको मेरपान रिपिटर टावरको रेडियो लिंक बन्द भएको छ । हिमपात र हावाहुरीले तालदेखि चामेसम्मको अप्टिकल फाइबर पनि डाउन भएको नेपाल टेलीकम मनाङ शाखाका प्रमुख ङिमा ङिटु लामाले बताए । उनका अनुसार हिमपातले शुक्रबारदेखी मनाङमा इनटरनेट र टेलिकमको सेवा अवरुद्ध भएको छ । -न्युज कारखाना
सम्बन्धित खवर
-
ताजा आश्विन २, २०८१प्रचण्डको दावी : देशका लागि केही गर्ने त माओवादी नै रहेछ भन्ने जनताले बुझ्न थालेका छन्
-
ताजा आश्विन २, २०८१रास्वपाले आज महाधिवेशनको मिति र ठाउँको टुङ्गो लगाउने
-
ताजा आश्विन २, २०८१इटहरी २१ करोडको लागतमा आधुनिक सभा हल निर्माण सुरु
-
ताजा आश्विन २, २०८१पश्चगामी सोंचसहित आएका संविधान संशोधनका तर्क स्वीकार्य छैन : राष्ट्रिय सभा अध्यक्ष
-
ताजा आश्विन २, २०८१रहेनन् ‘मिस्टर काठमाडौं’ विजेता राई, पाँच दिनअघि मात्र जितेका थिए उपाधि
Comments