राजले शिल्पालाई दिए पाँच फ्ल्याट
- माघ २२, २०७८ मा प्रकाशित
काठमाडौं: पोर्नोग्राफी मामलामा पक्राउ परेर जमानतमा रिहा भइसकेका व्यापारी राज कुन्द्राले आफ्नो नाममा रहेको ५ वटा फ्ल्याट अभिनेत्री पत्नी शिल्पा शेट्टीको नाममा सारेका छन् । यो फ्ल्याटको मूल्य करोडौं पर्छ ।
राजले मुम्बईस्थित एक भवनको पुरा पहिलो फ्लोर शिल्पाको नाममा सारेका हुन् । यो फ्ल्याटको मूल्य ३८ करोड ५० लाख पर्छ । यो भवन समुन्द्र तटबाट करिब तीन सय मिटरको दुरीमा बनेको छ ।
जूहुमा परिवारका साथ बस्दै आएका राजले जुहुको घर पनि शिल्पाको नाममा सारेका छन् । शिल्पाको जुहुको घर ५ हजार ९ सय ९५ स्क्वायर फिटमा फैलिएको छ । जसको ट्रान्सफरमा शिल्पाले १ दशमलब ९ करोड स्टाम्प ड्युटी दिएकी छन् । यो हस्तान्तरण जनवरी २१, २०२२ मा भएको थियो । यद्यपि यो विषयमा आधिकारिक रुपमा कुनै जानकारी बाहिर आएको छैन ।
राज गत वर्षको जुलाईमा अश्लील फिल्म बनाएको र त्यसलाई एपमार्फत प्रसारण गरेको आरोपमा पक्राउ परेका थिए । उनीमाथि कैयौं धारा अनुसार मुद्धा दर्ता गरिएको थियो । जेलमा बसेको केही महिनापछि उनले जमानत पाएका थिए । -एजेन्सी
सम्बन्धित खवर
-
ताजा मंसिर १०, २०८१इनरुवामा विवाह पञ्चमीमा सीताराम रथयात्रा निकालिने
-
ताजा मंसिर १०, २०८१लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि
-
ताजा मंसिर १०, २०८१चीन भ्रमणबारे छलफल गर्न ओलीले पूर्वप्रधानमन्त्रीहरूलाई बोलाए सिंहदरबार, बाबुराम नजाने
-
ताजा मंसिर १०, २०८१उपनिर्वाचन प्रचारमा तोकिएको भन्दा बढी सवारी साधन प्रयोग गरे कारवाही
-
ताजा मंसिर १०, २०८१नेपालमा अब सुनचाँदीकाे मुल्य घटदै जाने
Comments