•  ३ आश्विन २०८१, बिहीबार
  •  7:54:41 AM

साजिदको फिल्मलाई जोनले घटाए पारिश्रमिक

- माघ २१, २०७८ मा प्रकाशित



काठमाडौं: बलिउड अभिनेता जोन अब्राहमको विगत तीन वर्षयता बजार मूल्य तीन गुणा बढेको छ । ‘बाटला हाउस’देखि लिएर ‘सत्यमेव जयते’, ‘पठान’ र ‘एक विलेन रिटन्र्स’सम्म आइपुग्दा उनको पारिश्रमिकको अनुपातले नयाँ उचाइ छोएको छ ।

तीन वर्षयता जोनको पारिश्रमिक सात करोडबाट बढेर २१ करोड रुपैंयाँसम्म पुगेको छ । आफ्नो पछिल्लो फिल्म ‘एक भिलेन रिटन्र्स’ मा उनले २१ करोड पारिश्रमिक लिँदैछन् । यिनकै अभिनेताले एक निर्देशकका लागि आफ्नो पारिश्रमिक घटाएका छन् ।

जोनले साजिद खानले निर्देशन गर्न लागेको एक कमेडी फिल्मका लागि पारिश्रमिकमा तीन करोड रुपैयाँ कम गरेका छन् । ‘मुम्बई सागा र सत्यमेव जयते २ ले बक्स अफिसमा आशा गरेअनुसारको व्यापार गर्न सकेन ।

जसकारण निर्माताले घाटा व्यहोर्नुपर्‍यो । त्यहीकारण निर्माताले जोनसँग उनको पारिश्रमिक घटाउनुपर्ने माग राखेका थिए । निर्माताहरु कमेडी फिल्मका लागि जोनले १५ करोड पारिश्रमिक लिन सकून् भन्ने चाहन्थे । जुन मागलाई जोनले सुनुवाइ गरेका छन्’, फिल्मनिकट स्रोतले भनेको छ ।

यो कमेडी फिल्ममा जोनसँगै रितेश देशमुख पनि देखिनेछन् । फिल्मको सुटिङ आगामी महिना लन्डनबाट सुरु हुने निर्माण पक्षले जनाएको छ । लन्डनमा यो फिल्मको सुटिङ तीन महिनासम्म हुनेछ । शाहरुख खानको फिल्म ‘पठान’को काम सकेपछि जोन कमेडी फिल्ममा लाग्नेछन् । -न्युज कारखाना
 

Comments

सम्बन्धित खवर