•  ३ आश्विन २०८१, बिहीबार
  •  3:42:13 AM

हावाहुरीले इलाममा नेपाल टेलिकमको टावर ढल्यो

- माघ २१, २०७८ मा प्रकाशित



इटहरीः वर्षासँगै आएको हावाहुरीले इलामको रोङ गाउँपालिका ४ भालुझोडामा नेपाल टेलिकमले स्थापना गरेको मोबाइल टावर ढलेको छ ।

मेची राजमार्गनजिकै रहेको एनटीसीको फोर जी टावर ढलेको पत्रकार गणेश अर्यालले जानकारी दिए । उनका अनुसार क्षतिको विवरण संकलन गर्न नेपाल प्रहरीको टोली घटनास्थलमा परिचालित भएको छ ।

हावाहुरीपछि राजमार्ग क्षेत्रमा रहेका रूखहरूसमेत ढलेका छन् । रोङकै सिद्धदेवी बिद्या मन्दिरको छानोसमेत हावाहुरीले उडाएको छ । वर्षापछि इलामको उत्तरी क्षेत्रमा हिउँ पर्दा चिसो बढेको छ ।

Comments

सम्बन्धित खवर