विखन्डनकारीलाई आक्रमण गरेको भिडियो बनाएर रसियाले युक्रेन अतिक्रमणको प्रयास गरेको अमेरिकी दाबी
- माघ २१, २०७८ मा प्रकाशित
न्युयोर्कः युक्रेनी सेनाले रसिया समर्थित विखन्डनकारीलाई आक्रमण गरेको झुटो आरोप लगाएर रसियाले युक्रेन अतिक्रमणको बहाना बनाएको अमेरिकी अधिकारीहरुले दाबी गरेका छन् ।
रसियाले बिस्फोटको ग्राफिक तस्विरहरु बनाए ठूलो मानवीय क्षति भएको देखाउन कपोकल्पित आक्रमणको नाटक गर्ने सोचिरहेको पनि अमेरिकी अधिकारीहरुले दाबी गरेका छन् । अतिक्रमणको बहानाका लागि रसियाले झुटो विकल्पबारे सोचिरहेको उनीहरुको दाबी छ ।
तर, रसियाले अमेरिकी अधिकारीहरुको दाबीमा कुनै सत्यता नभएको जनाएको छ । आफूले अमेरिकाले दाबी गरे जस्तो कुनै त्यस्तो झुट सांकेतिक कारबाहीको योजना नगरेको रसियाले जनाएको छ ।
क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभयले अमेरिकी दाबीमा सत्यता नभएको भन्दै त्यसको खन्डन गरेका छन् । ‘रसियालाई उत्तेजक बनाउने यो पहिलो प्रतिज्ञा होइन,’ उनले भने, ‘यसअघि पनि यस्तै भनिएको थियो, तर केही भएन ।’
युक्रेनको सीमामा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन भएपछि अमेरिका र नेटो फौजले चासो देखाएका छन् । रुसले युक्रेन हमलाको योजना गरेको उनीहरुले अनुमान गरेका छन् । -एजेन्सी
सम्बन्धित खवर
-
ताजा आश्विन २, २०८१प्रचण्डको दावी : देशका लागि केही गर्ने त माओवादी नै रहेछ भन्ने जनताले बुझ्न थालेका छन्
-
ताजा आश्विन २, २०८१रास्वपाले आज महाधिवेशनको मिति र ठाउँको टुङ्गो लगाउने
-
ताजा आश्विन २, २०८१इटहरी २१ करोडको लागतमा आधुनिक सभा हल निर्माण सुरु
-
ताजा आश्विन २, २०८१पश्चगामी सोंचसहित आएका संविधान संशोधनका तर्क स्वीकार्य छैन : राष्ट्रिय सभा अध्यक्ष
-
ताजा आश्विन २, २०८१रहेनन् ‘मिस्टर काठमाडौं’ विजेता राई, पाँच दिनअघि मात्र जितेका थिए उपाधि
Comments