चीन र रसियाका राष्ट्रपतिबीच दुई वर्षपछि पहिलो पटक भेटवार्ता हुँदै
- माघ २१, २०७८ मा प्रकाशित
बेइजिङः चीनका राष्ट्रपति सी जिनपिङ र रसियाका राष्ट्रपति भ्लादमिर पुटिनबीच दुई वर्षपछिम पहिलो पटक फेस टु फेस वार्ता हुने भएको छ । युक्रेनलाई लिएर पश्चिमा मुलुकहरुसँग रसियाको तनाव बढिरहेका बेला यस्तो भेट हुन लागेको हो ।कोभिड महामारी फैलिन थालेपछि राष्ट्रपति सीले सन् २०२० को जनवरीदेखि चीन छोडेका छैनन् । तर, अहिले भने उनले विश्वका २० भन्दा बढी नेताहरुलाई स्वदेशमा भेट्न पाउने भएका छन् । बेइजिङ ओलम्पिकले यस्तो अवसर जुटाइदिएको हो ।
पुटिन र सीबीच राजधानी बेइजिङमा शुक्रबार भेट गर्ने कार्यक्रम छ । भेटअघि दुबै देशहरुले सुरक्षा र अन्य विषयमा उनीहरको साझा धारणा झल्किने एउटा संयुक्त विज्ञप्ति जारी गर्नेछन् । त्यसपछि दुबै नेता शुक्रबार साँझ सुरु हुने ओलम्पिक खेलको उद्घाटन कार्यक्रममा सहभागी हुनेछन् ।
पश्चिमा मुलुकहरुसँगको तनावसँगै पछिल्ला दिनमा रुस र चीनबीचको सम्बन्ध मजबुत बनेको छ । ओलम्पिक खेलको उद्घाटन समारोहमा सहभागीताको पुष्टि जनाउने पुटिन पहिलो विदेशी नेता हुन् । डिसेम्बरमा सीसँगको फोन वार्तामा बेइजिङसँगको नमुना सम्बन्धको पुटिनले प्रशंसा गरेका थिए ।
युक्रेन मामिलामा अमेरिका र रुसबीच तनाव बढिरहेका बेला चीनले रुसको समर्थन गरेको छ । -न्युज कारखाना
सम्बन्धित खवर
-
ताजा आश्विन २, २०८१प्रचण्डको दावी : देशका लागि केही गर्ने त माओवादी नै रहेछ भन्ने जनताले बुझ्न थालेका छन्
-
ताजा आश्विन २, २०८१रास्वपाले आज महाधिवेशनको मिति र ठाउँको टुङ्गो लगाउने
-
ताजा आश्विन २, २०८१इटहरी २१ करोडको लागतमा आधुनिक सभा हल निर्माण सुरु
-
ताजा आश्विन २, २०८१पश्चगामी सोंचसहित आएका संविधान संशोधनका तर्क स्वीकार्य छैन : राष्ट्रिय सभा अध्यक्ष
-
ताजा आश्विन २, २०८१रहेनन् ‘मिस्टर काठमाडौं’ विजेता राई, पाँच दिनअघि मात्र जितेका थिए उपाधि
Comments