•  ३ आश्विन २०८१, बिहीबार
  •  3:43:09 AM

इटहरी उपमहानगरपालिकाद्वारा विपन्न बस्तीमा राहत वितरण

- माघ २१, २०७८ मा प्रकाशित



इटहरीः इटहरी उपमहानगरपालिका वडा नम्वर १६ र १७ का तीन सय परिवारलाई राहत वितरण गरिएको छ ।

इटहरी उपमहानगरपालिकाको संयोजनमा आसमान नेपालले राहत वितरण गरेको हो । इटहरी वडा नम्वर १६ र १७ वडामा उपमहानगरका प्रमुख द्वारिकलाल चौधरी,आसमान नेपालका सल्लाहकार गुरुप्रसाद सुवेदी वडाध्यक्षद्वय भगवानलाल शाह र दीपनारायण चौधरीले कोरोनापीडित अतिविपन्न परिवार, एकल महिला, दलित तथा अपाङ्गता भएकाहरुलाई राहत प्रदान गरे ।

प्रतिपरिवार ३० केजी चामल,ब्लाङकेट, दुई केजी नुन, दुई केजी दाल, दुई लिटर तेल, मास्क र सेनिटाइटर वितरण गरिएको सल्लाहकार सुवेदीले बताए ।

Comments

सम्बन्धित खवर