•  ३ आश्विन २०८१, बिहीबार
  •  3:28:38 AM

उदयपुरमा टिपरको ठक्करबाट वृद्ध पुरुषको मृत्यु

- माघ २०, २०७८ मा प्रकाशित



इटहरीः उदयपुरको कटारी नगरपालिका ३ मा टिपरको ठक्करबाट एक वृद्ध पुरुषको मृत्यु भएको छ ।

बा ३ ख ४४१६ नम्बरको टिपरले ठक्कर दिँदा सोही स्थानका ७२ वर्षीय जिनिलाल ठाकुरको मृत्यु भएको पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

कार्यालयका प्रवक्ता प्रहरी नायबउपरीक्षक सुमन तिम्सिनाका अनुसार बुधबार साँझ ७ः५० बजेतिर टिपरले ठक्कर दिँदा ठाकुरको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा संलग्न टिपर र चालक ३० वर्षीय कमल यादवलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Comments

सम्बन्धित खवर