•  ३ आश्विन २०८१, बिहीबार
  •  3:44:47 AM

बालिका बलात्कार गरेको अभियोगमा सुन्दरहरैँचाबाट एक जना पक्राउ

- माघ २०, २०७८ मा प्रकाशित



इटहरीः मोरङको सुन्दरहरैँचा नगरपालिका–५ बाँसबारीमा १२ बर्षीया बालिकामाथि बलात्कार गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सोही स्थान घर भएका ५३ वर्षीय रामदेव चौधरी रहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) नवीनराज राईका अनुसार अभियुक्त चौधरीले १२ वर्षीया बालिकालाई बुधबार साँझ बलात्कार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । उनले ललाईफकाई घरनजिकको बाँसघारीमा लगेर बालिकालाई बलात्कार गरेको देखिएको एसपी राईले बताए ।

पक्राउ परेका रामदेवलाई इलाका प्रहरी कार्यालय बेलबारीको हिरासतमा राखेर थप अनुसन्धान अघि बढाइएको भने पीडित बालिकालाई स्वास्थ्य परीक्षणका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको प्रहरीले जनाएको छ ।

Comments

सम्बन्धित खवर