वन्यजन्तु मार्न राखिएको विस्फाेटक पदार्थ भैँसीले खाएपछि….
- माघ २०, २०७८ मा प्रकाशित
कपिलवस्तु: वन्यजन्तु मार्न राखिएको विस्फोटक पदार्थ सेवन गर्दा कपिलवस्तुमा एक भैँसी घाइते भएको छ । बुधवार शिवराज नगरपालिका-३ मा विस्फोटक पदार्थ चपाउँदा भैँसी घाइते भएको प्रहरीले जनाएको छ । भैँसीको मुख भित्रै विस्फोटक पदार्थ पड्किएको स्थानीयहरूको बुझाइ छ । भैँसी चराउन गएका बालक विस्फोट हुँदा भागेर जोगिएका छन् ।
जङ्गली जनावर मार्नका लागि यस्ता विस्फोटक पदार्थ राखिएको हुन सक्ने वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ । प्राय:जसो बँदेल मार्नको लागि वन्य जन्तुको आहारामा विस्फोटक पदार्थ मिसाएर बम बनाएर राख्ने गरेका छन् ।
चोरी सिकारीका लागि राखिने यस्ता विस्फोटक पदार्थले मानवीय क्षति पनि हुन सक्ने भएकाले वन कार्यालय र प्रहरी प्रशासनले निगरानी बढाउन पर्ने स्थानीय समाजसेवी कृष्ण कार्कीले बताए । वन क्षेत्रमा हुने अपराध नियन्त्रणका लागि सशस्त्र वन रक्षक टोली परिचालन भए पनि चोरी सिकारीका घटना बढ्दै गएको छ ।
सम्बन्धित खवर
-
ताजा आश्विन २, २०८१प्रचण्डको दावी : देशका लागि केही गर्ने त माओवादी नै रहेछ भन्ने जनताले बुझ्न थालेका छन्
-
ताजा आश्विन २, २०८१रास्वपाले आज महाधिवेशनको मिति र ठाउँको टुङ्गो लगाउने
-
ताजा आश्विन २, २०८१इटहरी २१ करोडको लागतमा आधुनिक सभा हल निर्माण सुरु
-
ताजा आश्विन २, २०८१पश्चगामी सोंचसहित आएका संविधान संशोधनका तर्क स्वीकार्य छैन : राष्ट्रिय सभा अध्यक्ष
-
ताजा आश्विन २, २०८१रहेनन् ‘मिस्टर काठमाडौं’ विजेता राई, पाँच दिनअघि मात्र जितेका थिए उपाधि
Comments